साउदीमा ३८ नेपाली अलपत्र

  • प्रकाशित मितिः श्रावण २, २०७५
  • 1222 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, साउन २–साउदी अरबमा खोटाङ लगायतका ३८ नेपाली अलपत्र परेका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र दाम नपाउ“दा अलपत्र परेका हुन् । 
साउदी पुगे यता नौ सय रियल मात्र पाएपछि नेपालीले एक दिन ड्यूटी इन्कार गरेकाले कम्पनीले सडकमा निकालिदिएको हो । त्यसपछि खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की अलपत्र परेका हुन् ।
यस्तै सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे ब्लोन, सूर्यबहादुर बम्जन, भोजपुरका सूर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दिपक गुरुङ, नारायण गिरी र रामेछापका केशब खड्का अलपत्र परेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले जनाइन् । 
क्याट्रिङको कामका लागि भन्दै काठ्माण्डौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पठाइएका उनीहरुले काम गरेपनि तोकिएको समयमा तलव नपाएपछि सोमबार ड्यूटी जान इन्कार गरेका थिए । तलव नदिएपछि एक दिन ड्यूटी छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेषन श्रेष्ठले बताए । काम गरेवापतको तलव असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरुले एक दिन काम अस्वीकार गरेका थिए । अलपत्र युवाले युवाको उद्धारको माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित