नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–विदेशबाट फर्किएका खोटाङका सबैको कोरोना भाइरस (कोभिड–१९)को ¥यापिङ डाइग्नोस्टिक टेष्ट (आरडीटी) रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।
विभिन्न देशबाट चैतदेखि यता आएका घर फर्किएका १० स्थानीय तहका एक सय १५ जनामा कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ देखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । जन्तेढुङ्गा गाउ“पालिकाबाट बैसाख ३ गतेदेखि सुरु गरिएको पहिलो चरणको ¥यापिड डाइग्नोस्टिक टेष्ट बैशाख ११ गते रावाबेसी गाउ“पालिका टुङ्गिएको थियो ।
प्रजिअ पौडेलका अनुसार रावाबेसी गाउ“पालिकामा ३ जना, साकेला गाउ“पालिकामा १५ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, हलेसी तुवाचुङ नगरपालिकामा २३ जना, केपिलासगढी गाउ“पालिकामा ५ जना, ऐसेलुखर्क गाउ“पालिकामा ५ जना, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा ८ जना, खोटेहाङ गाउ“पालिकामा २६ जना, बराहपोखरी गाउँपालिकामा १ जना र जन्तेढुङ्गा गाउ“पालिकामा २० जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट ‘नेगेटिभ’ देखिएको हो ।
प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए÷नभएको परीक्षण गर्ने एक सय २० वटा किट पठाएपछि विदेशबाट फर्किएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको थियो । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट एक सय ४० जना घर फर्किएका भए पनि चैतयता घर आएका व्यक्तिको मात्र ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो । उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएको हो ।
पिसिआर रिपोर्ट पनि ‘नेगेटिभ’ :
¥यापिड डाइग्नोस्टिक टेष्टका क्रममा खोटाङबाट पिसिआर टेष्टका लागि पठाइएका नमूनाको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । १६ वटा नमूना संकलन गरेर पठाइएकामा १५ जनाको नमूना (स्वाब)को पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको हो । एउटाको रिपोर्ट भने आउ“न बा“की छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित