दिक्तेलमा आगलागी

  • प्रकाशित मितिः बैशाख १२, २०७७
  • 843 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारस्थित पोखरीटोलमा आगजनी भएको छ । पुरानो बैङ्क चोकमुनि पोखरी टोलका सिद्धिकुमार सैँजूको घरमा बैशाख १२ गते भएको आगलागी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।
घरमा जडान गरिएको विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । आगोले सैँजूको करिब पाँच लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । ढुङ्गा÷माटोले बनेको सैँजूको तीन तले घरमा लागेको आगोले सिरान तालमा मात्र क्षति गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित