रयापिङ डाइग्नोस्टिक टेष्ट : साकेलामा पनि नेगेटिभ

  • प्रकाशित मितिः बैशाख ११, २०७७
  • 875 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ११–साकेला गाउ“पालिकामा गरिएको रयापिङ डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । बैशाख १० गते १५ जनामा गरिएको रयापिङ डाइग्नोस्टिक टेष्टमा नेगेटिभ देखिएको हो । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गरिएको रयापिङ डाइग्नोस्टिक टेष्ट पनि नेगेटिभ नै देखिएको थियो । बैशाख ८ र ९ गते छ जनामा गरिएको डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको हो । हलसी तुवाचुङ नगरपालिकामा गरिएको रयापिङ डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको थियो । उक्त नगरपालिकामा बैशाख ८ गते २३ जना विदेशबाट आएकामा गरिएको आरडीटी परीक्षणमा सबै नेगेटिभ देखिएको थियो ।
उक्त नगरपालिका प्रमुख इवन राईका अनुसार अन्य पाच जना भने आरडीटी गर्न छुटेका छन् । उक्त नगरपालिकामा विदेशबाट आउने २८ जना भए पनि आरडीटी भने २३ जनाको मात्र गरिएको हो । छुटेका र अन्य सहित फेरि आरडीटी परीक्षणको तयारी गरिएको नगर प्रमुख राईले सुनाए । 
त्यसो त जिल्लाका अन्य पालिकाहरुमा गरिएको आरडीटी परीक्षण पनि नेगेटिभ देखिएको छ । ऐसेलुखर्क, केपिलासगढी, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउ“पालिकामा विदेशबाट आएकाहरुमा गरिएको आरडीटी परीक्षणमा नेगेटिभ देखिएको हो ।
ऐसेलुखर्कमा पा“च जना, केपिलासगढीमा पा“च जना, दिप्रुङ चुइचुम्मा आठ जना, खोटाङमा २६ जना, जन्तेढुङ्गामा २० जना र बराहापोखरीमा एक जनाको रयापिङ डाइग्नोस्टिक टेष्ट गर्दा सबैको नेगेटिभ देखिएको जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा तथा समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । आरडीटी गरिएका सबै विदेशबाट फर्किएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित