नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ८–हलसी तुवाचुङ नगरपालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । उक्त पालिकामा बैशाख ८ गते २३ जना विदेशबाट आएकामा गरिएको आरडीटी परीक्षणमा सबै नेगेटिभ देखिएको हो ।
उक्त नगरपालिका प्रमुख इवन राईका अनुसार अन्य पाच जना भने आरडीटी गर्न छुटेका छन् । उक्त नगरपालिकामा विदेशबाट आउन २८ भए पनि आरडीटी भने २३ जनाको मात्र गरिएको हो । छुटेका र अन्य सहित फेरि आरडीटी परीक्षणको तयारी गरिएको नगर प्रमुख राईले सुनाए ।
त्यसो त जिल्लाका अन्य पालिकाहरुमा गरिएको आरडीटी परीक्षण पनि नेगेटिभ देखिएको छ । ऐसेलुखर्क, केपिलासगढी, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउ“पालिकामा विदेशबाट आएकाहरुमा गरिएको आरडीटी परीक्षणमा नेगेटिभ देखिएको हो ।
ऐसेलुखर्कमा पा“च जना, केपिलासगढीमा पा“च जना, दिप्रुङ चुइचुम्मा आठ जना, खोटाङमा २६ जना, जन्तेढुङ्गामा २० जना र बराहापोखरीमा एक जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको नेगेटिभ देखिएको जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा तथा समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । आरडीटी गरिएका सबै विदेशबाट फर्किएका हुन् । अब दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउ“पालिका र रावाबेसी गाउ“पालिकामा भने पहिलो चरणको आरडीटी गर्न बा“की छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित