अब एक सातासम्म नाका बन्दी

  • प्रकाशित मितिः वैशाख ७, २०७७
  • 1523 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ७–कोरोना भाइरस संक्रमण बढ्दै गएपछि खोटाङमा एक साताका लागि नाका बन्द (आवत–जावत बन्द) गर्ने निर्णय भएको छ । छिमेकी जिल्ला उदयपुरमा समेत कोरोना संक्रमित फेला परेपछि खोटाङमा त्यस्तो निर्णय भएको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङका संयोजक बबि चाम्लिङको अध्यक्षतामा बसेको बैठकले सोमबारदेखि जिल्ला भित्रने सबै नाकाहरु बन्द गर्ने, जिल्लामा स्वास्थ्य सामग्री अभाव हुदा कोभिड १९ रोकथाम तथा नियन्त्रणमा समस्या भएकाले पिपिइ, ग्लोब्स्, सेनिटाइजर, माक्स्, थर्मागन लगायतका सामग्री माग गर्ने निर्णय भएको छ । जिल्ला अस्पतालमा चिकित्सक अभाव भएकाले माग गर्ने निर्णय भएको संयोजक चाम्लिङले बताए ।
कोभिड १९ बारे ग्रामीण भेगमा जानकारी नभएकाले गाउ“–गाउ“मा जनचेतना फैलाउ“ने कार्यक्रम गर्ने समेत निर्णय भएको छ । अन्यत्रबाट भागेर आउनेहरुलाई सिधै क्वारेन्टाइनमा राख्ने र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबैको पहु“च विस्तार गर्न हेल्लो स्थानीय तह प्रमुख कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय भएको संयोजक चाम्लिङले सुनाए । त्यस्तै आवश्यकीय सामान खरिदका लागि विहान सातदेखि दश बजेसम्म बजार खुल्ला गर्ने निर्णय समेत गरिएको छ । यसअघि विहान सातदेखि नौ र बेलुकी चारदेखि छ बजेसम्म खुला गर्ने गरिए पनि कोरोना संक्रमणको जोखिम बढेकाले विहान मात्र खुला गरिएको चाम्लिङले सुनाए । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित