नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ७–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या ३२ जना पुगेको छ । बैशाख ७ गते भडारेघाटमा दश जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
गाईघाटबाट आउदै गरेका दश जनालाई भडारेघाटमा बनाइएको क्वारेन्टाइनमा राखिएको उक्त गाउ“पालिका उपाध्यक्ष सपना राईले बताइन् । उनका अनुसार भडारेघाटमा २० बेडको क्वारेन्टाइन बनाइएको छ । योसंग जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ६९ पुगेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्डका हल क्वटारेन्टाइनमा बैशाख ७ गते तीन जना थपिएको छ । सुनसरी, मोरङ, काठमाडौं लगायतका ठाउ“हरुबाट आएका थपिएका हुन् । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार दोर्पाका तीनमध्य एक जना विराटनगर र अन्य दुई जना इटहरीबाट आएका हुन् । यो सहित माटिकारे कभर्ड हलको क्वारेन्टाइन बस्नेको संख्या १० पुगेको छ ।
चैत ६ गते पनि छ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको थियो । यी मध्ये भोजपुरबाट आएका तीन जना, बेल्टारबाट दुई जना र काठमाडौंबाट आएका एक जना गरी छ जना हुन् । बैशाख ५ गते पनि विरगन्जबाट आएका एक जनालाई राखिएको छ ।
जिल्लाका अन्य पालिकाहरुमा समेत क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा आठ जना, खोटेहाङ गाउ“पालिकामा पा“च जना, रावाबेसी गाउ“पालिकामा सात जना, साकेला गाउ“पालिकामा दुई जना र बराहापोखरी गाउ“पालिकामा पा“च जना छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित