माटिकारे क्वारेन्टाइनमा १० जना, जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ५९ पुग्यो

  • प्रकाशित मितिः बैशाख ७, २०७७
  • 1139 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्डका हल क्वटारेन्टाइनमा बैशाख ७ गते तीन जना थपिएपछि जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ५९ पुगेको हो ।
माटिकोरे कभर्ड हलमा बैशाख ७ गते मात्र तीन जना थपिएका छन् । सुनसरी, मोरङ, काठमाडौं लगायतका ठाउ“हरुबाट आएका थपिएका हुन् । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार दोर्पाका तीनमध्य एक जना विराटनगर र अन्य दुई जना इटहरीबाट आएका हुन् । यो सहित माटिकारे कभर्ड हलको क्वारेन्टाइन बस्नेको संख्या १० पुगेको छ ।
चैत ६ गते पनि छ जनालाई उक्त क्वारेन्टाइनमा राखिएको थियो । यी मध्ये भोजपुरबाट आएका तीन जना, बेल्टारबाट दुई जना र काठमाडौंबाट आएका एक जना गरी छ जना हुन् । बैशाख ५ गते पनि विरगन्जबाट आएका एक जनालाई राखिएको छ ।
जिल्लाका अन्य पालिकाहरुमा समेत क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा आठ जना, खोटेहाङ गाउ“पालिकामा पा“च जना, रावाबेसी गाउ“पालिकामा सात जना, साकेला गाउ“पालिकामा दुई जना, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा २२ जना र बराहापोखरी गाउ“पालिकामा पा“च जना छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित