माटिकोरे क्वारेन्टाइनमा सात जना पुग्यो

  • प्रकाशित मितिः बैशाख ६, २०७७
  • 1272 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्ड हलमा बनाइएको क्वारेन्टाइनमा छ जनालाई राखिएको छ । विभिन्न ठाउ“बाट आएका छ जनालाई बैशाख ६ राखिएको छ ।
यी मध्ये भोजपुरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा खोटो सङ्कलन गर्न भनेर आएका तीन जना, बेल्टारबाट आएका दुई जना र काठमाडौबाट आएका एक जना गरी छ जनालाई राखिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । बैशाख ५ गते पनि विरगन्जबाट आएका एक जनालाई राखिएको छ । यो सहित कभर्ड हलको क्वारेन्टाइनमा सात जना पुगेका छन् ।
त्यस्तै दिक्तेल मझुवागढी नगरपालिकाले पैदल यात्राको क्रममा भएकालाई उद्धार गर्ने निर्णय गरेको छ । बैशाख ६ गते बसेको नगरको बैठकले उपचारमा गएका र डिस्चार्ज भएर अलपत्र परेकालाई समेत खाने, वस्ने र सम्भव भएसम्म उद्धार गर्ने निर्णय गरेको नगरप्रमुख रिजालले बताए ।
रिजालका अनुसार ओखलढुङ्गा मिसन अस्पतालमा प्रसुति गराएर बैशाख ५ गते डिस्चार्ज भएकी खाल्लेकी एक महिलालाई उद्धार गर्न एम्बुलेन्स पठाइएको छ । पाठेघर शल्यक्रियापछि थापाथली अस्पतालबाट डिस्चार्ज भएपछि अलपत्र परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ की महिलालाई खाने बस्ने व्यवस्था गरिएको छ । त्यस्तै वीर अस्पतालमा उपचार गराएर डिस्चार्य भएका विजयखर्कका एक जनालाई समेत खान, बस्न व्यवस्था गरिएको रिजालले सुनए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित