प्रिय ! तिमी नआउ यो सालको नया“ वर्षमा (कविता)

  • प्रकाशित मितिः बैशाख ६, २०७७
  • 1449 पटक पढिएको
  • संवादताता

कृष्ण आठपहरिया–
नया“ वर्ष मनाउ“न
प्रिय, तिमी नआउ यो वर्ष
तिमी हिड्ने गोरेटा र करेसामा
हामी मिल्ने दोबाटो र चौतारामा
बारुदी सुरूङ छ कोरोनाको,
यो जुनसुकै बेला
विस्फोट हुन सक्छ आकाश थर्काएर
प्रलय हुन सक्छ धर्ती पल्टाएर
त्यसैले हामी आ–आफ्नो बङ्करभित्र
सुदूर भविष्यको कल्पना गर्दै
कल्पनाका तरेलीमा म्वाइ खादै
रमाउ“नु पर्छ प्रिय !
आ–आफ्नै सपनामा ।
त्यसैले प्रिय !
लक्ष्मण रेखा तोडेर
टेम्केदेखि मेरुङसम्म
जनकपुरदेखि मेची खोलासम्म
दिक्तेलदेखि कोटेश्वरसम्म
हुइकिदै नया“ वर्ष मनाउ“ने
कोरा कल्पना नगर प्रिय !
सपना पनि नदेख, प्रिय
यो सालको नया“ वर्षमा
हाम्रो सपनाको हत्या हुनसक्छ
बीच बाटोमा
हाम्रो कल्पनाको अन्त्य हुन सक्छ
मध्य रातमा
त्यसैले प्रिय !
तिमी नआउ यो सालको नया“ वर्षमा ।
सुन त, प्रिय !
बाहिर शत्रुहरुका मिसाइल पड्किरहेका छन्
युद्धवाहक विमानहरु उडिरहेका छन्
साइरन बजिरहेको छ युद्धको
त्यसैले प्रिय !
तिम्रा ती कामातुर आ“खाहरु लिएर
तिम्रा ती तिर्षालु ओठहरु लिएर
बाहिर ननिस्क, प्रिय !
किन कि यो वर्ष त
अङ्कमाल गर्नु हुदैन
ओठमा ओठ जोड्नु हुदैन
तिम्रा ती लजालु गालामा
च्वाप्प म्वाइ झनै खानै हुदैन
यो वर्ष त प्रिय !
कोरोनारुपी दुस्मनले आक्रमण गरिसेको छ
कत्रा–कत्रा महाशक्ति हु“ भन्ने
विश्वका फा“टमा कुद्ने
ठूला–ठूला बडेमानका सा“ढेहरु त
मर्न न बा“च्न भइसकेका छन्
प्रिय !
हामी त बबुरो !
सपना देख्ने
सपनामै रम्ने
सपनामै प्यास मेट्ने
सपनामै आलिङ्गन गरी
स्वर्गीय आनन्द लिने,
त्यसैले प्रिय !
हतार नगर
यो वर्षको नया“ वर्ष मनाउन,
किन कि कोरोनाले युद्धको शङ्खघोष गरिसकेको छ
हामी युद्ध मैदानमा छौ
यहा“ भावनाले चल्दैन
युद्ध मैदानमा छौं
कात्रोको कफान बा“धेर
त्यसैले प्रिय !
तिम्रा ती तिर्सालु आ“खाले नखोज
यो नया“ वर्षमा मलाई ।
हामी त प्रिय !
कौरवरुपी कोरोनाको चक्रब्युहमा फसिसकेका छौं
प्रिय, यो समय चक्रब्युह तोड्ने हो
अभिमन्यू भइ साहदात प्राप्त गर्ने होइन
किन कि
हामीलाई त
मृत्युपछिको स्वर्ग होइन
जिउदै भोग्ने स्वर्ग चाहिन्छ
त्यसैले प्रिय !
काावेश र भावावेशमा नआउ
सामाजिक दुरी कायम राख
आफ्ना आ“खाहरुलाई नियन्त्रणमा राख
आफ्ना ओठहरलाई लगाम लगाउ
आफ्ना सपनाहरुको हत्या नगर
त्यसैले प्रिय
नआउ यो वर्ष
नया“ वर्ष मनाउन ।।।
प्रकाशित मिति २०७७ बैशाख ६

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित