नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ५– हलेसी तुवाचुङ नगरपालिकामा गोरु काटेको अभियोगमा सात जना पक्राउ परेका छन् । उक्त पालिकाको वडा नं–५ दुर्छिम मयाङ्खुमा गोरु काटेर मासु भाग लगाईरहेको अवस्थामा बैशाख ४ गते सा“झ साडे सात बजेतिर पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय रवीन सार्की, २४ वर्षीय सुवाश सार्की, २९ वर्षीय अमृत सार्की, ३० वर्षीय हिरा सार्की, ४० वर्षीय देशबहादुर सार्की, ४७ वर्षीया सीता सार्की र ४६ वर्षीय लिलाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई बैशाख ५ गते जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । तीन दिनअघि पनि गोरु काटेको अभियोगमै साकेला गाउ“पालिका–३ खिखिमा सौरेका ५५ वर्षीय बुद्धिमान तामाङ पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित