दूधकोसीमा डुबेर किशोरको मृत्यु

  • प्रकाशित मितिः चैत्र ३०, २०७६
  • 1257 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–माछा मार्ने क्रममा दूधकोसी नदीमा डुबेर एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ खर्कबारीका १५ वर्षीय सविन राईको चैत ३० गते मध्यन्ह मृत्यु भएको हो ।
माछा मार्ने जाल थाप्ने क्रममा उक्त जालमै बेरिएर बाइसेघाटस्थित सोक्माटार जोड्ने पुलमुनिको दूधकोसी नदीमा डुब्दा राईको मध्यन्ह करिब १२ बजेतिर मृत्यु भएको वडाअध्यक्ष रुद्र राईले बताए । राईलाई करिब ६० मिटर तल जालले बेरेको अवस्थामा दिउ“सो साडे एक बजेतिर मृत फेला पारिएको वडाध्यक्ष राईले सुनाए । उनी ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउ“पालिकाको महादेवस्थान माविमा कक्षा ९ का विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित