चट्याङले दुई जनाको ज्यान गयो, पाच जना घाइते

  • प्रकाशित मितिः चैत्र ३०, २०७६
  • 880 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–चट्याङले दुई जनाको ज्यान गएको छ । केपिलासगढी गाउ“पालिका वडा नं १ फेदीको तोमानेमा चैत २९ गते सा“झ साडे छ बजे परेको चट्याङले १५ वर्षीय राजमणि राई र ३८ वर्षीया निर्मला सेन्चुरी विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।
चट्याङले निर्मलाका छ वर्षीय छोरा आशन, १४ वर्षीया छोरी मनकला र श्रीमान ४१ वर्षीय सन्तकुमार, भान्जी १६ वर्षीया मनिषा रसाइली र स्थानीय ४६ वर्षीय धनराम राई घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । उनीहरुमध्ये आशनको देब्रे पट्टीको घा“टीमा गहिरो चोट लागेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । मृत्यु हुनेमध्ये राई पर्खजीत राईका छोरा हुन् ।
जिल्लाको उत्तरी क्षेत्रमा चट्याङ वर्षेनी जन–धनको क्षति पु¥याउदै आएकोले यसबारेमा अध्ययन गरी समस्या समाधन गर्नु पर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित