युवा मृत फेला, नौ जना नियन्त्रणमा

  • प्रकाशित मितिः चैत्र २०, २०७६
  • 966 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“का २१ वर्षीय डिल्लीकुमार राई मृत फेला परेका छन् । उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङस्थित मध्यपहाडी लोकमार्गदेखि करिब एक किलोमिटर तल चैत १९ गते विहान मृत फेला परेका हुन् ।
खोटाङका प्रहरी नायव उपरीक्षक वामदेव गौतमका अनुसार गत चैत १४ गते हराएका उनी मृत फेला परेका हुन् । त्यस दिन सा“झ साडे बजेतिर बुवासुङका युवाहरुसंग झगडा भएको र त्यसै दिनदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । यो प्रकरणमा संलग्नको आशंकामा बुवासुङका नौ जना नियन्त्रण लिइएको प्रहरी निरीक्षक गोविन्द साहले बताए । यद्यपि जाहेरीमा भने आठ जनाको मात्र नाम संलग्न रहेको र एक जनालाई सोधपुछका लागि ल्याइएको साहले सुनाए । उनका अनुसार पक्राउ परेकालाई म्याद नथपिएकाले नाम सार्वजनिक नगरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित