‘अब कामदारले भोकै बस्नु पर्दैन’ : नगरप्रमुख

  • प्रकाशित मितिः चैत्र १९, २०७६
  • 1018 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन अवधिमा नगरक्षेत्रभित्रका कुनै पनि कामदारले भोकै बस्न नपर्ने बताएका छन् । यसका लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको चैत १९ गते आयोजित पत्रकार भटघाटमा जानकारी गराएका हुन् ।
नगरपालिकाले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउ“न उक्त बजेट विनियोजन गरेको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नु नपरोस भनेर १५ लाख बजेट विनियोजन गरिएको हो ।’ रिजालले भने–‘नगरका सबै वडामा एक लाखका दरले उपलब्ध गराउ“छौं ।’
खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु आपूर्ति व्यवस्थापनका लागि प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरी प्रतिनिधिको समेत गरी समिति गठन गरिएको रिजालले सुनाए । नगरपालिकाले एक महिना (चैतभर)को घर तथा जग्गा भाडा समेत छुट गर्न घर तथा जग्गा धनीलाई आग्रह गरेको नगरप्रमुख रिजालले बताए । फोहरमैला व्यवस्थापन शुल्कमा चैत महिनाको शुल्क छुट दिने भएको छ ।
पत्रकार सम्मेलनमा जनाए अनुसार नगरपालिकामा दर्ता भएका संघ–संस्था तथा व्यवसाय नवीकरणमा २५ प्रतिशत छुट दिने, नगरपालिकाभित्र क्रियाशील बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर चैत महिनाभित्र बुझाउ“नु पर्ने किस्ता र ब्याज आगामी असार मसान्तसम्ममा बुझाउ“दा त्यो अवधिको ब्याज र हर्जना नलिन सम्बन्धित पक्षलाई अनुरोध गर्ने, सहकारी संस्थाबाट प्रवाह भएको कर्जाको समयावधि चैत महिनामा पूरा भएर चुक्ता गर्नु पर्ने भएमा लकडाउनपछि हर्जना नलिन र यस्ता कर्जा नवीकरण गर्दा लिइने सेवा शुल्कमा ५० प्रतिशत छुट दिन अनुरोध गरिने नगरप्रमुख रिजालले बताए । पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार विदेशबाट फर्किएका १५ जनालाई होम क्वारेन्टाइनमा राखिएको नगरप्रमुख रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित