वडै पिच्छे खेल मैदान निर्माण 

  • प्रकाशित मितिः चैत्र ५, २०७६
  • 1225 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाहरुमा धमाधम खेल मैदान निर्माण भइरहेका छन् । खेलकुद क्षेत्रको विकासमा जोड दिदै खेल मैदान निर्माण तिब्र पारिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा २०६५ सालदेखि खेल मैदान निर्माणाधीन अवस्थामै छ । उक्त वडाका वडाअध्यक्ष दीनेश राईका अनुसार तत्कालीन बुइपा गाउ“ विकास समितिको पा“च लाख, देश विदेशमा रहेका विभिन्न दाताहरुबाट १८ लाख, राष्ट्रिय खेलकुद परिषदबाट पा“च लाख, पूर्व सांसद पा“चकर्ण राईको पूर्वाधार विकास कार्यक्रमको २५ लाख, पूर्वसांसद सरस्वती बजिमयको पूर्वाधार विकास कार्यक्रमबाट १५ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दश लाख, प्रदेश सरकारको गत आर्थिक वर्ष ५० लाख खर्च भइसकेको छ । 
यसमध्ये पूर्वाधार विकास कार्यक्रम अन्तरगतको ४० लाख रुपैया“ले मञ्च निर्माण, नगरपालिकाले उपलब्ध गराएको दश लाख बजेटले मञ्च फिनिसिङ, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ५० लाख रुपैया“ले २० मिटर लम्बाई, आठ मिटर चौडाई र १२ मिटर उचाई भएकोे प्याराफिट निर्माण गरिएको हो । यो वर्ष पनि प्रदेश सरकारको ६० लाख रुपैया“ आएको निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताए । उनका अनुसार यो रकमले १३ मिटर लम्बाई, आठ मिटर चौडाई र १२ मिटर उचाई भएको प्याराफिट बन्ने छ । 
यसबाहेक प्याराफिट फिनिसिङ, प्लाष्टर, पर्खाल पार्टेसन, खेल मैदान फिलिङ, रोलर ग्रेडर लगायतको काम समेत गरिने अध्यक्ष श्रेष्ठले बताए । निर्माणका लागि छुट्टिएको छ । यसले प्याराफिट बन्दै गरेको राईले सुनाए । उक्त खेल मैदान भएको ठाउ“ भिरालो भएकाले खर्च बढेको वडाअध्यक्ष राईले जनाए । ‘मैदानको तल्लोपट्टी भिरालो र त्यहा“ प्याराफिट बनाइएकाले खर्चको भोलम बढेको हो ।’ राईले भने–‘समय र रकम लागे पनि खेलमैदान चाहि“ गुणस्तरीय हुने छ ।’ 
उक्त खेल मैदान बुइपा–११ खेलकुद समूहको नाममा छ । यसका लागि स्थानीय लम्मण श्रेष्ठ लगायतले १२ रोपनी जति जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएको राईले सुनाए । अन्य २७ रोपनी जग्गा भने किन्नु परेको राईको भनाई छ । उक्त जग्गा खरिदमा छ लाख खर्च भएको छ । यो मैदानको लम्बाई एक सय ३० मिटर र चौडाई ९० मिटर छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पनि खेल मैदान निर्माण गरिएको छ । वडाको १८ लाख ५० हजार रुपैया“को लागतमा खैल मैदान निर्माण गरिएको वडा अध्यक्ष निर्मल राईले बताए । उनका अनुसार गत वर्ष १२ लाख ५० हजार र यो आर्थिक वर्ष छ लाख गरी १८ लाख ५० हजार रुपैया“को लागतमा खेल मैदान निर्माण गरिएको हो । उक्त खेल मैदानको लम्बाई एक सय ३७ मिटर र चौडाई ५० मिटरको बनाइएको राईले सुनाए ।
खेल मैदानका लागि स्थानीय पञ्चशेर राईले ११ रोपनी, सर्वजीत राईले ६ रोपनी, हर्कराज राईले ५ रोपनी, बालाचन्द्र राईले सात रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका हुन् । यसमध्ये बालाचन्द्र राईले भने पास गरिदिन बा“की रहेको राईले जनाए । विदेशमा भएकाले जग्गा पास गर्न नसकिएको अध्यक्ष राईको भनाई छ । अन्य तीन जनाले भने पास गरिदिइकेको राईले जनाए ।
त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा पनि खेल मैदान निर्माण गरिएको छ । वडाको पा“च लाख १५ हजा र नगरपालिकाको १५ लाख ८५ रुपैया“को लागतमा खेल मैदान निर्माण भएको हो । खेल मैदानको लम्बाई एक सय दश मिटर र चौडाई ७४ मिटरको बनाइएको छ । खेल मैदानका लागि स्थानीय कृष्णकुमारी तामाङ, इन्द्रजीत राई र पुस्कर राईले करिब साडे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीय तथा खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले सुनाए । अन्य जग्गा भने प्रतिजग्गा हो । यद्यपि कत्ति जग्गामा खैल मैदान बनिएको छ भन्ने एकीन नभएको वडाअध्यक्ष रामचन्द्र राईले जनाए । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पनि खेल मैदान निर्माणाधीन अवस्थामा छ । ७० सालदेखि निर्माण सुरु गरिएको सोल्मा स्पोर्टस् क्लवको नाममा भएको यो खेल मैदान अझै सकिएको छैन । यसका लागि करिब एक करोड रकम खर्च भएको छ । सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुबविक्रम राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकोे पा“च लाख, तत्कालीन जिल्ला विकास समिति खोटाङको पा“च लाख, विभिन्न चन्दादाताहरुबाट २० लाख, प्रदेशसभा सदस्य राजन राईको पूर्वाधार विकास कार्यक्रमको १७ लाख र प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पचास लाख उपलब्ध भएको राईले सुनाए । चालु आर्थिक वर्ष प्रतिनिधिसभा सदस्य भट्टराईको पूर्वाधार विकास कार्यक्रमको बजेटले खैल मैदान बढाउ“ने, पर्खाल, मञ्च र भवन निर्माण सकिने राईले बताए । उक्त खेल मैदानका लागि स्थानीय ध्यानबहादुर राई लगायतले दश रोपनी निःशुल्क र अन्य २५ रोपनी खरिद गरिएको राईले जनाए । खेल मैदानको लम्बाई एक सय र ६० चौडाई मिटर छ ।
 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित