यसरी मनाइन्छ ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

  • प्रकाशित मितिः चैत्र ४, २०७६
  • 2103 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत ४–यो वर्षको ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा एक महिने दलित जागरण अभियान गरिने भएको छ । मार्च २१ अर्थात चैत ८ गतेका दिन अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा उक्त अभियान सुरु हुने भएको हो ।
दलित राजनीतिक तथा नागरिक सम्मेलनको आयोजनामा हुने अभियान प्रदेश नं १ को झापाको विर्तामोडबाट सुरु हुने छ । यो अभियानको नाम ‘समृद्धिका लागि दलित अभियान’ दिइएको छ । अभियानको उद्घाटन प्रदेश नं १ की सामाजिक विकास राज्यमन्त्री जसमाया“ गजमेरले गर्ने छन् । अभियान प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सञ्चालन हुने छ । यो अभियान अन्तरगत बैशाख ११, १२ र १३ गते विराटनगरको विरेन्द्र सभा गृहमा अन्तरक्रिया कार्यक्रम हुने छ ।
बैशाख ११ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि हुने छन् भने बैशाख १३ गते प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियार प्रमुख अतिथि हुने मुल आयोजक समितिका सहसंयोजक हुकुमसिंह नेपालीले बताए । अभियानका लागि विभिन्न विभागीय समितिहरु समेत बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित