ऐठन (कविता)

  • प्रकाशित मितिः फाल्गुन २७, २०७६
  • 2027 पटक पढिएको
  • संवादताता

प्रेमिला राई–
उहिल्यै सानो छँदा
आपाको थोत्रे रेडियोमा
प्रत्येक घण्टा पड्कन्थ्यो बम बारुद
अनेकौ सहादत हुन्थे
अनेकौ घाइते ।
म तरुनो हुदै गर्दा
टिभिको भित्तामा
रा“कोले झोसिएका कलिला नानीहरु
भिडमा लडेका दोजिया आइमाइहरु
केश फुलेका बृद्धहरु
भिड हटेपछि लम्पसार पर्थे ।
निदाएपछि
मध्येनिन्द्रामा चिच्याउ“थ्यो उही“ नानीहरुको आवाज
ख्वाक ख्वाक खोक्थ्यो बृद्वहरु
रक्तमुछेल दोजियाहरु जुरुक्क उठेर मैमाथि आइलाग्थ्यो
ऐठन परेर व्युझदा“
म कमरेडहरुको लहरमा बिश्राम लिइरहेको हुन्थे ।
म अहिलेर आजभोलि निदाउनै छाडेको छु
यदि निदाइहाले पनि
नाङ्गै आइमाइहरुले ऐठन पार्छ
जसलाई लखेटिरहेको हुन्छ सहरका सिंहहरुले
र अग्लो मन्चबाट भिराइरहेको हुन्छ वेश्याको ट्याग
जो कुनै अँध्यारो कोठा, मसाज सेन्टर
या त गेस्ट हाउसबाट भर्खरै बाहिरिएका हुन सक्छन् ।
तर यत्तिकैमा
उनीहरुको अनुहारमा तिखो दाह्राको दाग दौडिन्छ
शरीरमा नङ्ग्राहरुको लामो बाटो, कुलेसोहरु प्रष्टै देखिन्छ
कतै रगतका ढिक्काहरु ओरालो बग्दै गरेको हुन्छ
हठात आत्तिएर ब्युझन्छु
फेसबुकमा कसैले ट्याग गरेको पोष्टमा हुन्छ
उसैले परिभाषित स्वतन्त्र पंक्षीको
बलात्कार र हत्याको खबर
टुहुरो बचेराहरुको विपत्ति ।
मेरा हातहरु थर्थरी काप्छन्
दा“त किडिन्छ
तब न
मेरो निन्द्रा हराएको हो
म आजकल निदाउ“नै छोडेको छु
ए शहरको अग्लो पर्खाल भित्रको मान्छे
ए गाउ“को मोटो दारीवाल
ए यो युगको युगपुरुष
अबको ऐठन तिम्रो हुनेछ
मध्यरात ब्युँझिएको छु म ।।।
प्रकशित मिति २०७६ फागुन २७

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित