नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५–सर्वाधिक पुरस्कार राशीको ‘बाक्सिला गोल्डकप’को उपाधि आयोजक बाक्सिला फुटबल क्बलले हात पारेको छ । फागुन २५ गते बाक्सिला खेल मैदानमा सम्पन्न खेलमा सोल्मा स्पोर्टस् क्लवलाई दुई शुन्यले पराजित गर्दै उपाधि उचालेको हो ।
बाक्सिला गोल्डकपको ११ औं संस्करणको प्रथम पुरस्कार स्वरुप दुई लाख ११ हजार सहित गोल्डकप, मेडल र प्रमाणपत्र हात पारेको हो । दोश्रो हुने सोल्मा स्पोर्टस् क्लवले ९९ हजार नौ सय ११ रुपैया“ नगद सहित ट्रफी, मेडल प्राप्त गरेको छ ।
सेमिफाइनलिस्ट खारम्बु स्पोर्टस् क्लव र हलेसी तुवाचुङ स्पोर्टस् क्ललले २० हजार ११ सहित मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेका छन् । शनिबार दिउसो भएको सेमिफाइनल खेलमा दशै संस्करण विजेता खारम्बु स्पोर्टस क्लबलाई २–० ले हराउ“दै आयोजक बाक्सिला फुटबल क्लब तथा हलेसी तुवाचुङ स्पोर्टस क्लबलाई ३–२ ले पराजित गर्दै सोल्मा स्पोर्टस क्लब फाइनल प्रवेश गरेको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।
हाइस्कोरर सुशन तामाङ र उत्कृष्ट खेलाडी बिकी राईले जनही एघार हजार एक सय ११ पाएका छन् । उनीहरु दुबै जना बाक्सिला फुटबल क्लवका खेलाडी हुन् । त्यस्तै बाक्सिला फुटबल क्लबकै उत्कृष्ट गोलकिपर ¥याम्बो चौधरी, उत्कृष्ट डिफेन्डर विक्रम लिम्बु, उत्कृष्ट मिडफिल्डर सौरभ कार्की, उत्कृष्ट प्रशिक्षक सनम राई घोषत भए । उनीहरुले जनही पा“च हजार ११ रुपैया“ नगद सहित मेडल र प्रमाणपत्र पाएको आयोजक पवन श्रेष्ठले बताए । उनीहरु सबै बाक्सिला फुटबल क्लवकै हुन् । खेल बाक्सिलास्थित खेलमैदानमा फागुन २२ गतेबाट भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित