कोरोना भाइरस र तिमी (कविता)

  • प्रकाशित मितिः फाल्गुन २१, २०७६
  • 3903 पटक पढिएको
  • संवादताता

प्रतिवोध आचार्य–
अचेल,
विश्व बजारमा कोरोनाको चर्चा
अनि,
माया“को बजारमा तिम्रो चर्चा
उत्तिकै चुलिएको छ,
कोरोना चिनबाट फैलियो
तिमी मनको घुरेनबाट फैलियौ,
कोरोनाले थुप्रै माक्सहरु बिकायो
तिमीले थुप्रै मनहरु बैना मात्रै गरेकी छौं
कोरोनाले हात मिलाउन प्रतिबन्घ लगायो
तिमीले मनहरु नै नजोडिने हालतमा पु¥याएकी छौ
कोरोनाले माक्स लगाउन वाध्य पारेर
मुस्कान लुकाई दिएको छ
तिमीले त अचेल मुस्कान नै लुटेकी छों
त्यसैले म सोचिराछु
तिमी घाटक कि कोरोना ?
हो भन्न सक्छु,
तिमी घातक हौ भनेर
किन कि कोरोना रोग हो
तर तिमी रोकको श्रोत हौ
त्यसैले कोरोना भन्दा तिमी घातक हौ
कोरोना हिजोबाट फैलियो
तर
तिमीले वर्षौ पहिले मुटुमा आक्रमण गरेकी छौं
कोरोनाले क्षणभरमै ज्यान लिन्छ
तर
तिमीले तड्पाई तड्पाई जिउदै मारिरहेकी छौं
हो, सुन्छु अचेल
कोरोना र तिमी रोकको औषधी एउटै हो अरे
नसा पिउनु !
प्रकाशित मिति २०७६ फागुन २१

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित