मनमाया“ राई विमानस्थलको परीक्षण उडान

  • प्रकाशित मितिः फाल्गुन १३, २०७६
  • 1590 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १३–खोटाङको खानीडाडा“स्थ्ति मनमाया“ राई विमानस्थलमा फागुन १३ गते परीक्षण उडान भरिएको छ । नेपाल वायुसेवा निगमले परीक्षण उडान भरेको हो ।
विमानस्थल पुननिर्माण लागि गत २० महिनादेखि उडान बन्द गरिएको थियो । उक्त विमानस्थलमा पुननिर्माणको काम सकिएपछि परीक्षण उडान भरिएको हो । उक्त विमानस्थलको बीच भागमा भएको कल्भर्ड भासिएपछि निर्माणका लागि उडान बन्द गरिएको थियो ।
खानीडाडा“मा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य रामकुमार राईले विरामी तथा अशक्तका लागि अन्य यातायातले मात्र सेवा नपुग्ने भएकाले जहाजबाट शहर जान सहज हुने भएकाले धेरै नियमित उडान राख्नु पर्ने राईले सुनाए । विमानस्थलले पहाडका जनताको प्रत्यक्ष रुपमा फाइदा पु¥याउने भएकाले बढी भन्दा बढी नियमित उडान भर्नु पर्ने बताए । यसका लागि पहल भइरहेको समेत राईले सुनाए । ‘तराईका मात्र मान्छे होइन, पहाडको पनि मान्छे नै हो ।’ राईले भने–‘त्यसैले पहाडको जनताको सेवाका लागि नियमित उडान राख्नु पर्छ ।
प्रदेशसभा सदस्य उषाकला राईले जनताको सेवाका लागि आफूहरुले जग्गा दिएको र उक्त जग्गामा निर्माण गरिएको विमानस्थल जनताको सेवामा उपयोग हुनु पर्ने जनाइन् । विमानस्थल सञ्चालनमा आएपछि आफूहरु हर्षित भएको स्थानीय अनिषा राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित