राजेशपायल राईले झरि भन्न पाएनन्

  • प्रकाशित मितिः फाल्गुन १२, २०७६
  • 1345 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १२–खोटाङ महोत्सवका उद्घोषकले राजेशपायल राई दिक्तेल आइसकेको खबर सुनाउनासाथ दर्शकले हुटिङ गर्न सुरु गरिसकेका थिए । फागुन ११ गते साझ जब राई स्टेजमा उक्लिए त्यसपछि त झनै हुटिङको वर्षा सुरु भयो ।
त्यसो त राईले तीन वटा गीत गाउनासाथ झरि सुरु भइसकेको थियो । झरि, असिना र गाडाङ गुडुङको प्रवाह नगरी दर्शकले राईलाई साथ दिइरहे । अनि त्यसपछि दिक्तेल बजार, टल टल टल्किने, यानी माया भेटिन गाह«ो गाह«ो भो, द द द दर्शन, हुरुक्कै भए म, किन गति धेरै माया लाग्छ नि हौ, माथि है परो त्यो साप्ली थुम्का लगायतका दुई दर्जन जति गीत गाउ“दा समेत दर्शकले छाडेनन् ।
खोटाङ महोत्सवको नवौं दिन भएको उक्त सांगीतिक कार्यक्रममा बालबालिका, युवायुवती, पाका लगायतले अन्तिमसम्म साथ दिइरहेका थिए । सांगीतिक क्षेत्रका वादशाह राई इच किङ् भनेर चिनिने राईको प्रस्तुति हेर्न जिल्लाभरका संगीत प्रेमी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित