राष्ट्रिय दलित पत्रकार संघ नेपाल खोटाङको अध्यक्षमा सविना

  • प्रकाशित मितिः फागुन १०, २०७६
  • 1819 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १०–राष्ट्रिय दलित पत्रकार संघ खोटाङका अध्यक्षमा सविना परियार निर्वाचित भएकी छन् । फागुन १० गते दिक्तेलमा सम्पन्न भेलाले परियारको अध्यक्षतामा नौ सदस्यीय समिति बनेको हो ।
संघको उपाध्यक्षमा विष्णु उपरकोटी, सचिव राजन ठटाल, सह सचिव प्रमिला परियार, कोषाध्यक्ष हर्क गदाल निर्वाचित भएका छन् । सदस्यहरुमा सन्तोष विश्वकर्मा, सर्मिला विश्वकर्मा, पवन परियार, शंकर रपाल निर्वाचित भएका छन् । सल्लाहकारमा राजकुमार रम्तेल, राजु मुग्राती, पर्शुराम विक चयन भएका छन् ।
संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली, प्रदेश समिति उपाध्यक्ष गंगा विश्वकर्मा, दलित जनाधिकार मञ्चका संरक्षक हुकुम नेपाली, दलित जनाधिकार मञ्चकी अध्यक्ष शान्ति गजमेर, दलित जनाधिकार मञ्चका उपाध्यक्ष हरि पोखरेल दर्जी, जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्मा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित