सामाजिक सुरक्षा र पन्जीकरण अब अनलाइन प्रविधिमा

  • प्रकाशित मितिः फाल्गुन १०, २०७६
  • 1231 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने–
खोटाङ (खोटेहाङ), फागुन १०–खोटेहाङ गाउ“पालिकामा कार्यरत कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फागुन ९ र १० गते पालिकाको सभा हलमा भएको उक्त कार्यक्रममा गाउ“पालिकाले दिने सेवा प्रवाह प्रभावकारी बनाउने बारे अभिमुखीकरण गरिएको हो ।
सामाजिक सुरक्षा तथा पन्जीकरणलाई व्यवस्थित बनाउन अनलाइन प्रणाली अबलम्बन गर्न तालिम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । यसबाहेक दैनिक प्रशासनिक विषय, नीतिगत कानुनी प्रक्रिया, योजना संझौता तथा फछ्र्यौट र भुक्तानी गर्दा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिइएको हो । उक्त कार्यक्रमको उद्घाटन गाउ“पालिका अध्यक्ष प्रदीप राईले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित