सविना अछामे–
खोटाङ, फागुन ८–‘आत्म निर्भर मात्र होइन, आफू सिकेर अरुलाई पनि रोजगारी दिने लक्ष्य छ ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की निरुता मोतेले भनिन् । उनीजस्तै करिब ४० जना युवतीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित शुभम् फाउण्डेशसनमा सिलाई कटाई तालिम लिइरहेका छन् । यसका लागि आरआइएमसीले तालिमको जोहो मिलाएको हो ।
त्यसो त पछिल्लो समय महिलाहरुमा उद्यमशीलताप्रति आकर्षण बढेको छ । आत्म निर्भरताले महिलाहरु सक्षम हुने भएपछि उनीहरु यसतर्फ आकर्षित भएको प्रशिक्षक जीतकुमारी परियारले बताइन् । ‘महिलाहरुमा सिप भयो भने आत्म निर्भर बन्ने रहेछन् ।’ परियारले भनिन्–‘त्यसैले सिप जीवनका लागि अत्तिनै उपयोगी कुरा हो ।’
तालिम दुई चरणमा भइरहेको परियारले सुनाइन् । ‘विहान र दिउसो गरी ४० जनाले तालिम लिइरहेका छन् ।’ परियारले भनिन्–‘सिप सिकेर सहज जिन्दगी जिउने अभिलाषामा ध्यानपूर्वक सिकिरहेका छन् ।’ उक्त तालिमका लागि परियार लगायत शशि श्रेष्ठ, श्रीसंग तामाङ, सम्झना श्रेष्ठले तालिम दिइरहेका हुन् । माघ २० गतेदेखि सुरु यो तालिम तीन महिनासम्म हुने परियारले जनाइन् ।
उक्त आरआइएमसीले प्लाम्बिङसम्वन्धी तालिम पनि दिइरहेको छ । उक्त तालिममा (महिला÷पुरुष गरी) २० जना सहभागी छन् । उक्त तालिमको प्रशिक्षण कमानसिंह लिम्बुले गरिरहेका छन् । यसले युवा आत्म निर्भर बन्ने लिम्बुले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे– खोटाङ, माघ २–हलेसी तुवाचुङ नगरपा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १–जिल्ला अद... ... ...
नमस्ते खोटाङ संवाददाता– मानेभञ्ज्याङ (खोटाङ) पु... ... ...
सविना अछामे–खोटाङ, पुस २९–विद्यार्थी विरामी प... ... ...
सविना अछामे–खोटाङ, पुस २८–अब लेखा परीक्षणको का... ... ...
Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित