प्रेस संगठन खोटाङको भेला, २१ सदस्यीय समिति गठन

  • प्रकाशित मितिः फागुन ७, २०७६
  • 1486 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ७–प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन खोटाङको पहिलो भेलाले खेमराज अधिकारीको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ । फागुन ७ गते भएको भेलाले सहसंयोजक सूर्य तामाङ निर्वाचित गरेको छ ।
सदस्यहरुमा रामधन राई, डिएम चाम्लिङ, संगीता राई, सविना अछामे, उमेश भुजेल, संजीव राई, दिवश रिजाल, सन्तोष पौडेल निर्वाचित भएका छन् । त्यस्तै रमिला राई (दिप्रुङ चुइचुम्मा गाउ“पालिका), सर्मिला राई (हलेसी तुवाचुङ नगरपालिका), असल चरित्र (हलेसी तुवाचुङ नगरपालिका), सुदेश राई (हलेसी तुवाचुङ नगरपालिका) सदस्यमा निर्वाचित भएका छन् ।
त्यसैगरी खेम पुरी (ऐसेलुखर्क गाउ“पालिका), कोसीकुमार राई (केपिलासगढी गाउ“पालिका), प्रेम श्रेष्ठ (रावाबेसी गाउ“पालिका), भूमिका न्यौपाने (खोटेहाङ गाउ“पालिका), प्रमिला बन्जरा (बराहापोखरी गाउ“पालिका), याम खड्का (साकेला गाउ“पालिका), प्रवीण शंकर (साकेला गाउ“पालिका) पुष्प राई (जन्तेढुङ्गा गाउ“पालिका) र फडिन्द्र पोखरेल (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) पनि सदस्यमा निर्वाचित भएका छन् ।
भेलाले उजुर राई, डम्बर हम्रुङ, विजय राई, उमेत राई र दमन राईलाई सल्लाकार चयन गरेको छ । कार्यक्रम केन्द्रीय सदस्यद्वय भीम राई र हरिबोल आचार्य तथा प्रदेश सदस्य केदार मगरको उपस्थितिमा भएको संयोजक खेमराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित