वडा अध्यक्ष र विद्यालय व्यवस्थापन बीचको विवादले समस्या

  • प्रकाशित मितिः फाल्गुन 1, 2076
  • 113 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडा अध्यक्ष लीला चौहान र स्थानीय अन्नपूर्ण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेपी राई बीचको विवादले विद्यालयमा समस्या पैदा भएको छ । समिति अध्यक्ष राईलाई हटाउ“ने कसरतमा चौहान र चौहानको गतिविधि विरुद्ध राई उत्रिएपछि विद्यालयमा समस्या पैदा भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जेपी राईले नेतृत्व गर्दा विद्यालयले निल खाएको, आर्थिक पारदर्शी नभएको लगायतका कारण देखाएर वडा अध्यक्ष चौहानले राईलाई हटाउ“न कसरतमा जुटेका हुन् । स्थानीयले भने विद्यालयमा आफू अनुकूलको गतिविधि गर्न नपाउ“नुका साथै राजनीतिक प्रतिशोधले राईलाई हटाउ“न खोजिएको स्थानीय अभिभावक तथा विद्योदय माविका शिक्षक प्रेम थापाले बताए । ‘विद्यालय व्यवस्थापन समिति र वडाअध्यक्ष बीचको विवादले विद्यालयमा समस्या उत्पन्न भएको छ ।’ थापाले भने–‘यसले विद्यालयको अवस्था नाजुक बन्दै गएको छ ।’
वडा अध्यक्ष चौहानले विद्यालयमा हालिमुहाली गर्न नपाएपछि अनेक तिक्डम गरेको स्थानीय अभिभावक गोपालसिंह राईले बताए । उनका अनुसार रिक्त तीन शिक्षक नियुक्ति गर्नु पर्ने भएकाले उक्त शिक्षकमा वडा अध्यक्षको मान्छे राख्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईलाई हटाउ“न खोजिएको हो । यद्यपि दुई चोटीसम्मको अभिभावक भेलाले समेत जेपी राई नेतृत्वकै विद्यालय व्यवस्थापन समिति हुनु पर्ने अडान कसेको राईले सुनाए ।
उक्त विद्यालयमा कार्यरत बरुणा राई र किशन राईले गत मङ्सिरदेखि र गणित विद्यायका शिक्षक दिनेश आचार्यले पनि विद्यालय छाडेकाले पठन–पाठनमा समस्या आएको शिक्षक थापाले सुनाए । उक्त तीन वटा पदमा शिक्षक नियुक्तिका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अनुमति माग्दा समेत वडा अध्यक्षले रोकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जेपी राईले बताए । उक्त विद्यालयमा तीन वटा राहत, निमाविमा दुई वटा राहत र प्राविमा दुई वटा दरबन्दी तथा तीन वटा राहत शिक्षक कार्यरत छन् । विद्यार्थी चाहि“ तीन सय १६ विद्यार्थी छन् । वडा अध्यक्ष लीला चौहानले भने सबै झुट भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित