नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २–सुमो दुर्घटनामा परी घाइते भएकामध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट खोटाङ आउदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुली फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट कात्तिक १ गते विहान २ः३० बजे सुनकोशीमा खस्दा घाइते भएका ४ मध्ये उनको अवस्था गम्भिर भएको हो ।
उनको टिचिङ हस्पिटल काठमाडौंको आइसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले बताए । उक्त दुर्घटनामै घाइते उनकी १३ वर्षीय छोरी सिवानीको पनि टिचिङमै उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य बनेको छ । गाडी चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्माको अन्नपूर्ण अस्पताल काठमाडौंमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सुधार हुदै गएको प्रहरीले जनाएको छ । त्यस्तै उक्त दुर्घटनामै घाइते भएका खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका घर भइ दिक्तेल बस्दै आएका १४ वर्षीय अंकित विश्वकर्माको भने उपचारपछि डिस्चार्ज भइरहेको जिल्ला प्रहरीले प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ३ जनाको मृत्यु, ३ जना बेपत्ता र ४ जना घाइते भएका छन् । दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १९ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भइ दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको छ । लफ्याङकै ३० हरि पुर्कोटी, २६ रोसन मुग्राती र २२ वर्षीया अप्सरा राई बेपत्ता छन् । उनीहरूको कात्तिक १ गते साँझ ७ बजेसम्म फेला नपरेपछि खोजी थाँति राखिएको र कात्तिक २ गते खोजी सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिडेको प्रहरीले जनाएको छ । अनिदोका कारण दुर्घटना हुने गरेकाले यस्तो अवस्थामा गाडी चलाउन प्रहरीले रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २–सातौ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २–सुमो �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २–सुमो ... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक १–काठम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १–दसैं&n... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित