वडापिच्छे सार्वजनिक सुनुवाइ

  • प्रकाशित मितिः माघ २७, २०७६
  • 1564 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २७–हलेसी तुवाचुङ नगरपालिकाले प्रत्येक वडामा सार्वजनिक सुनुवाइको आयोजना गरेको छ । नगरबाट विनियोजित बजेटमार्फत सञ्चालित योजनाको प्रभावकारिता तथा जनताको गुनासो सुन्न माघ २६ गतेदेखि नगरपालिकाभित्रका सबै वडाहरुमा सार्वजनिक सुनुवाइको आयोजना गरेको हो ।
वडा नम्बर–१ बाहुनीडाडा“बाट सुरु गरिएको सार्वजनिक सुनुवाइ आगामी फागुन–७ गते नगरपालिकामा पुगेर सम्पन्न हुने नगरप्रमुख इवन राईले बताए । यसअन्तरगत माघ २६ गते वडा नम्बर–२ डिकुवा र १० अर्खौले , २७ गते ३ च्यास्मिटार र ९ सल्ले, २८ गते ४ बडहरे र ६ मङ्गलटार, २९ गते ५ दुर्छिम र ७ महादेवस्थन फागुन–१ गते ८ धितुङ र ११ राजापानी तथा फागुन–७ गते नगरस्तरीय सार्वजनिक सुनुवाइ गरिने राईले सुनाए । ‘नगरपालिकाले गरेको कामको कामको समीक्षा, सम्पन्न भइसकेका र चालु अवस्थाका योजनाहरुको बारेमा जानकारी दिने, जनताको रायसुझाव र गुनासो सुन्ने अनि समृद्ध नगर बनाउन सबैसंग हातेमालो गर्ने उद्देश्यले वडैपिच्छे सार्वजनिक सुनुवाइको आयोजना गरिएको हो ।’
फोटो सौजन्य : इवन राई

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित