दिक्तेल बजार ढलान हुने

  • प्रकाशित मितिः माघ २१, २०७६
  • 2709 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ब्यापारिक केन्द्र दिक्तेल बजार ढलान हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले भवन ढलान गर्ने भएको हो ।
अर्थ मन्त्रालयले पुस २९ गते शहरी विकास मन्त्रालयलाई बजेट निर्देशन दिएको थियो । त्यसपछि शहरी विकास मन्त्रालयले मातहतका शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन गरेको थियो । त्यस अनुसार शहरी विकास तथा भवन निर्माण विभाग विराटनगर मार्फत यो वर्ष पा“च करोड खर्च हुने छ । यसका लागि केही दिनमै टेन्डर आह्वान हुन छ । दिक्तेल बजारको ढलानमा करिब १५ करोड खर्च हुने डिपिआरमा उल्लेख भए पनि यो वर्ष भने पा“च करोड काम हुने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।
यद्यपि दिक्तेल बजारको सडक ढलानमा बजारमा भएका घरहरुको बार्दली, पेटी लगायतको जोखिम देखिन्छ । सागुरो सडक मापदण्ड विपरित हुने भएकाले यसको विकल्प समेत अपनाउ“नु पर्ने अवस्था आउने देखिन्छ । रत्नपार्कदेखि बेसक्याम्पसम्म सडक ढलानमा समस्या छैन । बेसक्याम्पदेखि अम्बागाछीसम्म भने समस्या छ । यसक्षेत्रमा रहेका सागुरो सडक र त्यसमाथि घरको बार्दलीले सडक ढलानमा समस्या देखिन्छ ।

तस्बिर : सन्जीव राई/नमस्ते खोटाङ

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित