उपाधि ऐसेलुखर्कलाई
- प्रकाशित मितिः माघ १०, २०७६
- 1184 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १०–जिल्लाको बुइपामा भएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउ“पालिकाले चुमेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा माघ ६ गतेदेखि सुरु प्रतियोगितामा बराहापोखरी गाउ“पालिकालाई सोझो तीन सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
माघ १० गते भएको फाइनल खेलमा ऐसेलुखर्क गाउ“पालिकाले लगातार तीन सेट जितेको हो । बिजेता टिमले एक लाख ११ हजार ११ रुपैया“ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपबिजेता बराहापोखरी गाउ“पालिकाले ७७ हजार सात सय ७७ रुपैया“ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो रावाबेसी गाउ“पालिकाका खेलाडीले ३३ हजार तीन ३३ रुपैया“ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी गाउ“पालिका, ऐसेलुखर्क गाउ“पालिका, बराहपोखरी गाउ“पालिका र दिप्रुङ चुइचुम्मा गाउ“पालिका गरी आठ टिमको सहभागिता थियो ।