नमस्ते खोटाङ संवाददाता–
खोटाङ माघ ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा माघ ६ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।
उक्त भलिबल प्रतियोगिताको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् । आगामी माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी गाउ“पालिका, ऐसेलुखर्क गाउ“पालिका, बराहपोखरी गाउ“पालिका र दिप्रुङ चुइचुम्मा गाउ“पालिकाका आठ वठा टिम सहभागिता छ । समय अभावका कारण उद्घाटनका दिन कुनै पनि खेल हुन सकेन ।
प्रतियोगिताको प्रथम टिमले एक लाख ११ हजार ११ रुपैया“, दोश्रो हुने टिमले ७७ हजार सात सय ७७, तेश्रो हुने टिमले ५५ हजार पा“च सय ५५ रुपैया“ र शान्त्वना टिमले ३३ हजार तीन सय ३३ रुपैया“का साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित