ट्रयाक्टर दुर्घटना हुदा चालकको ज्यान गयो 

  • प्रकाशित मितिः माघ ६, २०७६
  • 971 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ६–ट्याक्टर दुर्घटना हुदा चालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबाट रावाबेसी गाउ“पालिका रभुवा जादै गरेको ना ५ त ७१५४ नम्बरको ट्याक्टर माघ ५ गते राती साडे एक बजे ऐसेलुखर्क भन्ने ठाउ“मा दुर्घटनामा हुदा त्रियुगा नगरपालिका–६ जलजलेका २८ वर्षीय चालक देवनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको हो । 
उक्त दुर्घटनामा रौतहट चन्द्र निगाहपुर घर भएका २० वर्षीय सहचालक राजु साह घाइते भएका छन् । उनको हलेसीस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित