रमणीय रुपाकोट
- प्रकाशित मितिः असार २७, २०७५
- 2066 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार २७–खोटाङको रमणीय रुपाकोट करिब ३ हजार मिटर उचाइमा अवस्थित छ । विभिन्न हिमश्रृङखला, विभिन्न ठाउ“को दृष्यावलोकन, जडिबुटी, वन्यजन्तु तथा विभिन्न पन्छी देख्न सकिन्छ ।
पर्यटकीय स्थल रुपाकोट क्षेत्रलाई पर्यावरणीय तथा धार्मिक केन्द्रविन्दुको रुपमा चिनिन्छ । रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने यो रमणीय रुपाकोटमा रमाइलो गर्न तन्नेरीहरु झुम्मिने गरेका छन् । प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइन्छ ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालहरुको लस्कर देखिने सुखद् दृष्यले जो कोहीलाई लोभ्याउ“छ । यहा“बाट विभिन्न ठाउ“को दृष्यावलोकन गर्नका साथै सयौं प्रजातिका चरा, वन्यजन्तु, जडिबुटी पाइन्छन् । रुपाकोट जिल्लाकै पानीको श्रोत हो । यहा विभिनन पोखरी समेत निर्माण गरिएको छ । पोखरीमा जमिने पानीले मुहान सुक्न नदिनुका साथै कालान्तरमा पानीको मुहान फुट्न सक्ने भएकाले पाखरी बनाइएको हो ।
प्राकृतिक सौन्दर्यसंगै रुपाकोट क्षेत्रमै पर्ने सिद्धबाबाले बास गरेको गुफाको दर्शनका लागि उत्तिकै प्रशिद्ध मानिन्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्धबाबाको पूजा आराधना गर्ने चलन छ । घर–परिवारमा भव्य–तव्य नपरोस्, सुखशान्ति मिलोस, खेतीबाली सप्रियोस तथा गाउ“ समाज र पशुचौपाय दैविक प्रकोपमा नपरोस भन्ने कामनाका साथ सिद्ध बाबाको पूजाआराधना गर्ने चलन छ । यहा“ सिद्ध बाबाले तपस्या गरेको क्षेत्र भएकोले रुपाकोट क्षेत्र अत्यन्तै पवित्रा मानिन्छ । रुपाकोटको सिद्धथानमाथिको भ्युपोइन्टबाट हिमालहरुको तातिहरुमध्ये देखिने नुम्बुर र कारेलुङ हिमालको बीचमा रहेको बेनामे हिमालको नाम आफ्नै माया“लुको नाम सम्झिए चिताएको पूरा हुने विश्वास गरिन्छ । रुपाकोट पर्यटन विकासका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बोटानिकल गार्डेन र भ्युटावर निर्माणमा जोड दिएको छ ।