बसपार्क रित्तै, बस जति सडकमा

  • प्रकाशित मितिः माघ ३, २०७६
  • 1591 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ३–दुई वटा बसपार्क हुदा समेत गाडी भने सडकको किनारामा पार्किङले सवारी जोखिम बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेल आसपासको सडकमा पार्किङ हुने गरेको हो ।
नगरपालिकाको वडा नं–१ आचार्यगाउ“ र वडा नं–२ सोल्मा डाडा“गाउ“को बसपार्क भने रित्तै छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पटक–पटक बसपार्कमा गाडी लैजान अनुरोध गर्दा समेत अटेर गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले बताए । ‘नगरपालिकाले बसपार्कमा गाडी राख्न पटक–पटक अनुरोध गरे पनि अटेर गरेका छन् ।’ ढकालले भने–‘यसमा टाफिकले पनि किन हेल्चेक्राई गरेको हो भन्ने विषयमा बुझ्नु पर्ने बेला आएको छ ।’
दिक्तेल आसपासका सडक किनारमा बस पार्किङ गरेपछि सवारी जोखिम बढेको छ । यसबारेमा प्रहरी नायव उपरीक्षक वामदेव गौतमले भने नगरपालिकाले नै पार्किङको व्यवस्थापन गर्नु पर्ने तर्क गरे । ‘स्थानीय सरकारको अधिकार पालना गर्नु प¥यो ।’ डिएस्पी गौतमले भने–‘सबै अधिकार छ भन्ने अनि काम गर्न चाहि“ हिच्किचाउ“ने ?’
आचार्यगाउ“ र डाडा“गाउ“ बसपार्कका लागि स्थानीयले निशुल्क जग्गा दिए पनि बसपार्कको उपयोग नभएकोप्रति जग्गादाताहरुले गुनासो गरेका छन् । ‘गाउ“को विकास हुन्छ भनेर जग्गा दियौं तर बेक्कार भएछ ।’ आचार्यगाउ“ बसपार्कका लागि जग्गादाता देवीप्रसाद आचार्यले बताए । करोडौंका लगानीमा बसपार्क निर्माण भए पनि उपयोग नहुनु दुःखदायी विषय भएको डाडा“गाउ“ बसपार्कका जग्गादाता सूर्यबहादुर राईले बताए । आचार्यगाउ“को बसपार्कमा करिब एक सय र डाडा“गाउ“को बसपार्कमा करिब ५०–६० वटाको क्षमता छ ।
यातायात व्यवसायीहरुले भने असुरक्षा, खान, बस्न लगायतका असुविधाले बसपार्क जान नसकेको बताएका छन् । खोटाङ यातायात प्रालिका काउण्टर इन्चार्ज धनिराम राईले भने–‘खान, बस्न, असुरक्षा जस्ता कारणले बसपार्क गाडी नगएको हो ।’ उनले भने–‘अपायक पर्ने भएकाले यो समस्या आएको हो ।’ खोटाङ यातायात प्रालिका सचिव राम हिङ्माङले भने बसपार्कमा गाडी पठाउने गरेको दाबी गरेका छन् ।
गुणस्तरहीन काम :
त्यसो त आचार्यगाउ“स्थित बसपार्क गुणस्तरहीन बनेको स्थानीयले गुनासो गरेका छन् । उक्त बसपार्कमा झण्डै दुई करोडको हाराहारीमा बजेट खर्च भइसकेको छ । शहरी विकास तथा नगरपालिकाको गरी झण्डै दुई करोडको हाराहारीमा खर्च भएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पर्शुराम आचार्यले बताए ।
यो वर्ष शहरी विकास तथा भवन कार्यालय मार्फत प्रदेश सरकारको ५० लाख रुपैया“को योजना सञ्चालन भएको छ । यसले ९१ मिटर टेवा पर्खाल, ढल एक सय ५०, आठ मिटर चौडाई भएको दुई वटा खोल्सीमा पुल, दुई सय मिटरको गार्डेन, एउटा खानेपानीको कुवा मर्मत लगायतको काम गर्ने पर्ने अध्यक्ष आचार्यले बताए । उक्त बजेटमध्ये तीस प्रतिशत जनश्रमदानबाट काम गर्नु पर्ने र जनश्रमदान नजुटेकाले समस्या भएको आचार्यले सुनाए ।
निर्माणाधीन काम गुणस्तरहीन बनेको स्थानीयको गुनासो छ । कमसल बालुवा, सिमेन्टको मात्रा कम र प्राविधिक विहीन काम भएकाले गुणस्तरहीन भएको स्थानीय राधिका आचार्यले बताइन् । बनाइएका मेसिनरी ढल तथा टेवा पर्खाल पनि क्युरिङ नगरिएकाले झन गुणस्तर नभएको आचार्यले सुनाइन् । ‘बसपार्कको काम गुणस्तरहीन भएपछि नगरपालिका, प्रमुख जिल्ला अधिकारी र अख्तियारमा उजुरी गरे पनि बेवास्ता गरिएको छ ।’ आचार्यले भनिन्–‘यत्तिको सम्वन्धित निकायले समेत बेवास्ता गरेपछि हामीजस्तो सचेत नागरिक पनि निमुखाजस्तै हुने रैछ ।’
त्यसो त यो बसपार्क निर्माणका लागि पा“च वटा उपभोक्ता समिति बनिसकेको छ । सुरुको चोटी दुर्गाप्रसाद घिमिरेको अध्यक्षतामा बनेको उपभोक्ता समितिले बसपार्क सम्याएको थियो । दोश्रो चोटी प्रेमप्रसाद आचार्यको अध्यक्षतामा बनेको उपभोक्ता समितिले सौचालय, प्रतिज्ञालय र केही भाग सोलिङ गरेको थियो ।
त्यसपछि तेश्रो चोटी परशुराम आचार्यको अध्यक्षतामा बनेको उपभोक्ता समितिले पनि सोलिङ नै गरेको थियो । चौथो चोटी (गतवर्ष) देवीप्रसाद आचार्यको अध्यक्षतामा बनेको उपभोक्ता समितिले जाली र सोलिङ भरिएको थियो । गत वर्ष शहरी विकासकै तीस लाख बजेटले जाली र सोलिङ गरिएको हो । गत वर्षहरुको काम चित्त बुझ्दो नभएको स्थानीयको गुनासो छ ।
आचार्यगाउ“को बसपार्कका लागि स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएका हुन् । स्थानीय परशुराम आचार्यले चार रोपनी, अभिनारायण आचार्यले तीन रोपनी, गणेश आचार्यले तीन रोपनी, पर्शुराम आचार्यले दुई रोपनी, देवीप्रसाद आचार्यले डेढ रोपनी, गोमा विश्वकर्माले आधा रोपनी, भवनाथ आचार्यले आधा रोपनी लगायत गरी १५ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।
जीप पनि बजारमै :
दिक्तेल बजारमा जीपपार्क भए पनि बजारमै पार्किङ गर्नाले सवारी जोखिम बढेको छ । दिक्तेलको हाटडाडा“मा जीपपार्क व्यवस्था गरिए पनि बजारको आसपास पार्किङ गर्दा सवारी जोखिम बढेको हो । हाटडाडा“क्षेत्रमा समेत असुरक्षा भएकाले आफ्नो डेरा तथा घरवरिपरि नै जीपपार्क गरिएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित