दिक्तेल–खानीडाडा–रेग्मीटार सडक गुणस्तरहीन भएको अनुगमन टोलीको निष्कर्ष

  • प्रकाशित मितिः पुष २३, २०७६
  • 1108 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २३–दिक्तेल–खानीडा“डा सडक गुणस्तरहीन भएको अनुगमन टोलीले औल्याएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २० करोड ८८ लाख ३२ हजार ९७ रुपैया“को लागतमा निर्माणाधीन सडक कालोपत्रेको काम गुणस्तरहीन बनेको औल्याएको हो ।
प्रदेशसभा सदस्यहरु रामकुमार राई, उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ लगायतको टोलीले पुस २३ गते उक्त सडकको अनुगमन गरेको हो । अनुगमनको क्रममा नाली, टेवा पर्खाल, कल्भर्ड लगायतको काम गुणस्तरहीन बनेको प्रदेशसभा सदस्य रामकुमार राईले बताए । ‘काम पूरै गुणस्तरहीन छ ।’ प्रदेशसभा सदस्य राईले भने–‘यो सच्चिनु पर्छ ।’ राईले थपे–‘नत्र ठेकेदार र पुननिर्माण प्राधिकरण दुबैले जिम्मेवारी लिनु पर्छ ।’
यसबाहेक सडकको लेभल नमिलाई नाली बनाउ“न सुरु गरिएकाले सडक भन्दा माथि वा तल हुन सक्ने देखिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले बताए । गुणस्तरीय कामको मुल्याङ्कनको आधारमा मात्र भुक्तानी दिइएको ढकालले सुनाए । उनका अनुसार गुणस्तरीय कामको मुल्याङ्कनको आधारमा गत असारमा २५ प्रतिशत पा“च करोड ४४ लाख ७६ हजार एक सय ३४ रुपैया“ भुक्तानी गरिएको छ । ‘हामीले गुणस्तर देखिएको कामको मात्र मुल्याङ्कन गरेर भुक्तानी गरेका छौं ।’ ढकालले भने–‘जहा“–जहा“ गुणस्तरीय काम छैन, त्यसलाई गुणस्तरीय बनाउ“न सम्वन्धित निर्माण कम्पनीलाई भनिएको छ ।’
उक्त सडक आगामी चैत पहिलो साता सक्नु पर्ने भए पनि अहिलेसम्म करिब ४० प्रतिशत मात्र सकिएको छ । याक्तुहाङ–साप–सिरुवा जेभीले लिएको यो सडकको अवधि आगामी चैत ७ गतेभित्र सक्ने गरी गत २०७५ असोज १ गते जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङसंग संझौता भएको थियो । उक्त संझौता अनुसार दिक्तेलको हस्पिटल चौकदेखि खानीडाडा“ आहालेसम्मको दश दशमलव ९७४ किलोमिटर सडक निर्माण गर्ने पर्ने छ ।
निर्माण कम्पनी सम्बद्ध कल्याण दाहालले भने जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङले रकम निकासा नदिएकाले रनिङ पूजी अभावमा काम ढिलाई भएको बताएका छन् । ‘गरेको कामको मुल्याङ्कन गरेर रकम दिनु पर्ने हो ।’ दाहालले भने–‘रकम नदिएपछि कामदारलाई पैसा दिन नसक्दा ढिलाई भएको हो ।’ दाहालले भने–‘तर निर्धारित समयमै सक्ने गरी काम भइरहेको छ ।’
सार्वजनिक खरिद ऐनको पछिल्लो व्यवस्था अनुसार ठेकेदारका कारण काम नभए, नोक्सानी भए, काम हुन बा“की रकम समेत सरकारी बक्यौतासरह असुल्नु पर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित