जताततै हिउ, जाडो बढ्यो

  • प्रकाशित मितिः पुष 19, 2076
  • 264 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १९–जिल्लाका अधिकांश लेकाली क्षेत्रमा हिउ परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटनको केन्द्र रुपाकोट, साकेला गाउ“पालिकाको टेम्के, ऐसेलुखर्क गाउ“पालिकाको चित्रे, केपिलागढी गाउ“पालिकाको लौरे, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको शेषथुम्का लगायतका अधिकांश लेकाली क्षेत्रमा हिउ परेको हो । हिउ परेपछि जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वाञ्चल क्षेत्रीय हापानी मापन केन्द्रका अनुसार दिक्तेलको अधिकतम् तापक्रम १३ दशमलव २ र न्युनतम् तापक्रम ५ डिग्री सेल्सियस पुगेको छ । वर्षा २५ दशमलव २ मिलिलिटर भएको छ ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित