पर्यटन गन्तव्य बन्दै मझुवा
- प्रकाशित मितिः असार 27, 2075
- 1872 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार २७–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेल नजिकै बुद्धेश्वर महादेव गुफा पर्दछ । दिक्तेलदेखि करिब आधा घण्टा दक्षिणी उकालो छिचोलेपछि यो गुफा पुगिन्छ । करिब तीस मिटर लामो यो गुफा हिन्दू धर्मावलम्बीका लागि महŒवपूर्ण मानिन्छ । यसको माथिल्तिर मझुवा माईको मन्दिर पनि अवस्थित छ । मझुवामाईलाई कालिका भगवती पनि भनिन्छ । बुद्धेश्वर गुफालाई दाहिने राखेर मझुवामाईको परिक्रमा गर्ने चलन छ । बुद्धेश्वर गुफा र मझुवा माइको एक साथ दर्शन गर्न आउने तीर्थालुको लस्करै लाग्छ । तीर्थालुका लागि गुफा र मझुवा माइ तीर्थालुका लागि आकर्षणको केन्द्रविन्दु मानिन्छ । यहा“ रामनवमी, बालाचतुर्दशी, शिवरात्री र तीजमा मेला लाग्छ । मझुवामाईको पूजा आराधना गर्ने तीर्थालुले पाठीको बलि दिने चलन छ । चिताएको पुगोस् भन्ने कामनाका साथ मझुवा माइको पूजा आराधना गर्ने गरिन्छ । विक्रम सम्बत १८६८ सालबाट पूजाआराधना सुरु गरिएको भनाइ छ । लफ्याङका रणवीर राईले सपनामा गुफा देखेपछि उनैले दिक्तेलका बिरन्ची आचार्यलाई पूजा गर्न लगाएको पूजारीहरूको दाबी छ । त्यसपछि नियमित रूपमा पूजाआराधना सुरु गरिएको बुढापाकाहरूको भनाई छ । यसैको शिरमा ऐतिहासिक मझुवा गढी अवस्थित छ । यो गढी सदरमुकाम लगायतका विभिन्न ठाउ“को दृष्याबलोकन गर्ने केन्द्र विन्दु पनि मानिन्छ । यो गढीमा मङ्सिरे पूर्णीमामा उधौली र बैशाखे पूर्णीमाको दिन उभौली साकेला शिली ना“चिन्छ । मझुवागडी आसपासमा विभिन्न टहरोहरू बनाइएका छन् । घुम्न आउनेहरूका लागि सजिलो होस भनेर टहरो बनाइएको हो । पिक्निकका लागि यो मझुवागडी प्रख्यात मानिन्छ । त्यतिमात्र होइन मनमिल्ने जोडीका लागि पनि उत्तिकै लोकप्रिय मानिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि बृहत देवीथान मझुवाढी गुरुयोजना समेत पारित गरेको छ । मझुवागढीको संरचना निर्माण, कालिका भगवती मन्दिरको पुनर्संरचना निर्माण, बुद्धेश्वर गुफा आसपासको संरचना निर्माण, धार्मिक सहिष्णुताका लागि गुम्बा निर्माण, भ्युटार निर्माण, वन्यजन्तु अवलोकनका लागि मिनिजु, जैविक विविधता संरक्षण, भलिबल खेल मैदान लगायतका योजना पारित भएको छ ।