बलात्कारका घटना बढी

  • प्रकाशित मितिः पुष १६, २०७६
  • 1203 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १५–जिल्लामा वर्ष दिनको अवधिमा बलात्कारका घटना बढेको पाइएको छ । २०७५ पुस १५ गतेदेखि हालसम्म जिल्लामा ११ वटा बलात्कारका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङले जनाएको छ ।
मंगलबार दिक्तेलमा आयोजित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२०’ को वार्षिक समिक्षा कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा ५ जना महिला र ६ जना बालिका बलात्कारको शिकार भएको उल्लेख छ । वर्ष दिनको अवधिमा ६ महिला र १ जना बालिकामाथि बलात्कारको प्रयास भएको इन्सेकले जनाएको छ । वर्ष दिनको अवधिमा जिल्लामा ४ वटा हत्या, ४ वटा कुटपिट÷घाइते, १ वटा हत्या प्रयास, १ वटा बहुविवाह, नागरिक तथा राजनीतिक अधिकार हनन्का १ वटा, ४ वटा भौतिक संरचनाहरुमा क्षति देखिएको छ । हत्या हुनेमा १ जना पुरुष, २ जना महिला र १ जना बालिका छन् । विप्लव नेतृत्वको कार्यकर्ता गिरफ्तार १ जना, ३ वटा स्काभेटर र १ वटा सरकारी गाडीमा क्षति पुगेको इन्सेकको तथ्यांकमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित