शहरी खानेपानी आयोजना अबरुद्ध

  • प्रकाशित मितिः पुष ११, २०७६
  • 1450 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ११–स्थानीयले शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम अबरुद्ध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारका लागि व्यवस्थित खानेपानी व्यवस्थापनका लागि सञ्चालित बृहत खानेपानी आयोजनामा स्थानीयले विभिन्न माग राखी अबरुद्ध गरेका हुन् ।
स्थानीयले खानेपानी रोयल्टी, एक घर एक धारा, पानीको श्रोत सुक्दै गएकाले त्यसको विकल्प खोजिनु पर्ने, रोजगारी लगायतका माग राखी आयोजनाको काम स्थगित गरिएको हो । यसका लागि धनिराम राईको नेतृत्वमा संघर्ष समिति समेत बनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडा अध्यक्ष हर्कबहादुर खत्रीले सुनाए । खानेपानी उपभोक्ता समिति, नगरपालिका लगायतका निकायले स्थानीयलाई हेपेर जबरजस्त आयोजना चलाउ“न खोजेकाले यो अवस्था आएको स्थानीयको भनाई छ । 
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा दिक्तेलका एक हजार ४९ घर स्थानीयवासीलाई प्रशोधित स्वच्छ खानेपानी उपलब्ध गराउ“ने गरी यो आयोजनाको काम सुरु गरिएको थियो । उक्त आयोजना करिब २२ करोड ५५ लाख ५८ हजार रुपैया“को लागतमा सुरु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला–माझखोलाको पानी ल्याएर वितरण गर्ने गरी आयोजनाको काम सुरु गरिएको थियो । १८ महिनाभित्र पूरा गर्ने लक्ष्यकासाथ गत चैत–१४ गते शिलान्यास गरिएको थियो । 
उक्त आयोजनाको ठेक्का आशिष निर्माण सेवाले जिम्मा लिएको हो । आयोजनाका लागि सोल्मास्थित तीनबोटे र दिक्तेलस्थित अल्छेढुङ्गामा पानी प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान्ट निर्माणको काम भइरहेको थियो । दिक्तेल बहुमुखी क्याम्पसभन्दा केहिमाथि थामखोरेडाँडामा एक सय ७५ घनमिटर र हाटडाडा“मा ५० हजार घनमिटर पानी सङ्कलन गर्ने ट्याङ्की निर्माणको काम भइरहेको थियो । यसका साथै मुहानबाट पानी ल्याइने मुख्य पाइपलाइनको काम पनि धमाधम भइरहेको थियो । उक्त पाइप लाइनको दूरी १८ किलोमिटर टाढा छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित