गर्भवती बनाएर अर्कैलाई जिम्मा, एक पक्राउ, बलात्कारी फरार

  • प्रकाशित मितिः पुष १०, २०७६
  • 842 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १०–खोटेहाङ गाउ“पालिकाको वडा नं–२ वाप्लुखामा एक बालिकामाथि बलात्कार गरी गर्भवती बनेपछि अर्कैलाई जिम्मा लगाएको खुलासा भएको छ । नाताले काका पर्नेले १५ वर्षीया बालिकालाई बलात्कार गरी अर्कैलाई जिम्मा लगाएको खुलासा भएको हो । 
प्रहरी नायव उपरीक्षक वामदेव गौतमका अनुसार बलात्कार गरी अर्कैलाई जिम्मा लगाएर  विवाह गरेको उजुरीपछि विवाह गर्ने व्यक्ति समेत पक्राउ परेका छन् । ‘काका पर्नेले बलात्कार गरेछ ।’ डिएस्पी गौतमले भने–‘त्यसपछि श्रीमती मरेको बुद्धलाई जिम्मा लगाएर विहे गरेछ ।’ डिएस्पी गौतमले थपे–‘पुस ६ गते पक्राउ गरी पुस ९ गते म्याद थपेर थप अनुसन्धान सुरु गरिएको छ ।’
बालिकालाई पनि पुस ६ गते उद्धार गरिएको डिएस्पी गौतमले सुनाए । बालिकाको आठ महिनामाथिको गर्भ रहेको डिएस्पी गौतमले सुनाए । बलात्कारी गर्ने फरार छन् । उनको खोजी भइरहेको छ । बालिका आफन्तसंग छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित