भ्रमण वर्ष २०२० को सुरुवाती खोटाङबाट

  • प्रकाशित मितिः पुष ८, २०७६
  • 1176 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ८–प्रदेश नम्बर १ जिल्ला समन्वय समिति महासंघले भ्रमण वर्ष २०२० को सुरुवाती खोटाङबाट गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० पुस–१० गते खोटाङबाट सुरुवाती गर्ने भएको हो ।
खोटाङका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलहरुमा महासंघका केन्द्रीय अध्यक्ष तथा पदाधिकारी लगायत पाहुनालाई भ्रमण गराएर भ्रमण वर्षको सुरु गर्ने योजना बनाइएको प्रदेश नम्बर–१ का संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आगामी पुस–१० र ११ गते पाहुनालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा रहेको पर्यटकीयस्थलहरुमा भ्रमण गराइने चाम्लिङले सुनाए ।
चाम्लिङका अनसार पुस–१० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–६ नेर्पास्थित भुलभुले, रुवालुङ झरना, झाक्रीवास गुफा र पुस–११ गते धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्वर गुफा, किराती ऐतिहासिक स्थल तुवाचुङ जायाजुम, हलेसी महादेवस्थान, मारतीका गुम्बा, बसाहा थान लगायतका धार्मिक तथा पर्यटकीयस्थल भ्रमणमा लगिने छ । यो अवसरमा खोटाङ आउने जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष सीता सुन्दास, उपाध्यक्ष सन्तमान तामाङ, प्रवक्ता नवराज गेलाल लगायतका पाहुनालाई माया“को चिनो समेत प्रदान गरिने चाम्लिङले सुनाए ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा जिल्लास्थित स्थानीय तहले पर्यटकीय क्षेत्रको सरसफाइ तथा स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ । त्रिधार्मिकस्थल हलेसी, तुवाचुङ जायजुम, रुपाकोट, मझुवागढी, भुलभुले, रुवालुङ झरना, वनझ्याक्री गुफा, टेम्के, बराहपोखरी, तावाभञ्ज्याङ लगायतका धार्मिक तथा पर्यटकीयस्थल सरसफाइ तथा स्तरोन्नति गरिएको हो । नेपाल भ्रमण वर्षको अवसर पारेर जिल्लाका विभिन्न ठाउ“मा महोत्सवको आयोजना समेत गरिने भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दश दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐसेलुखर्क गाउ“पालिकामा ‘बहानेपाखरी महोत्सव’ लगायतका कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित