नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ८–दिक्तेलस्थित सरस्वती माविका पूर्व विद्यार्थीले अक्षयकोष स्थापना गरेका छन् । २०४५÷०४६ सालदेखि २०५६÷०५७ सम्म एस.एल.सी. उत्तीर्ण गरी विभिन्न ठाउ“मा विभिन्न पेशा÷व्यवसाय गर्दै आएका पूर्व विद्यार्थीले सङ्कलन गरेको दश लाख ६५ हजार रकमको अक्षयकोष स्थापना गरेका हुन् ।
एस.एल.सी. उत्तीर्णपछि उच्च शिक्षा अध्ययन विभिन्न पेशा÷व्यवसाय गर्न देश तथा विदेशमा छरिएर रहेका पूर्व विद्यार्थीले पुस ७ गते विद्यालयमा कार्यक्रम गरी ‘सरस्वती माध्यमिक विद्यालय पूर्व विद्यार्थी अक्षयकोष’ खडा गरेको प्रधानाध्यापक ध्यानबहादुर राईले बताए । पूर्व विद्यार्थीले प्रदान गरेको रकमको चेक कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतले प्रधानाध्यापक राईलाई हस्तान्तरण गरेका छन् ।
देश तथा विदेशमा छरिएर रहेका ९४ जना पूर्व विद्यार्थीले अनलाइन बैठक बसेर दुई हप्तामा रकम जम्मा गरिएको संयोजक अञ्जु भट्टराईले बताइन् । ‘सामाजिक सञ्जालबाट कोष खडा गर्ने खबर सार्वजनिक भएपछि अभियानमा विद्यार्थीहरु थपिएका थिए ।’ भट्टराईले भनिन्–‘अक्षयकोषको ब्याजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सहयोग गर्ने उद्देश्य राखिएको छ ।’
यस्तै सरस्वती मावि दिक्तेलमा एस.एल.सी. उत्तीर्ण गरेपछि बेलायत (युके) बस्दै आएका पूर्व विद्यार्थीले उक्त विद्यालयको प्राङ्गण धुलोरहित बनाउने अभियानका लागि आर्थिक सहयोग गरेको छ । एस.एल.सी. उत्तीर्णपछि उच्च शिक्षा अध्ययन, विभिन्न पेशा÷व्यवसाय सञ्चालन लगायतका लागि बेलायत बस्दै आएका पूर्व विद्यार्थीले सङ्कलन गरेको नौ लाख ४८ हजार तीन सय २२ रकम सहयोग गरेको हो ।
सहयोग रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद आचार्य र प्रधानाध्यापक राईलाई सहयोग रकम सङ्कलन समितिका सचिव जगतराम राईले हस्तान्तरण गरेका हुन् । बेलायतमा डाक्टर प्रमोद कोयूको संयोजकत्वमा सहयोग रकम सङ्कलन गरिएको जगतराम राईले बताए । कक्षा–१ देखि १२ सम्म सञ्चालित उक्त विद्यालयको प्राङ्गणबाट उत्पादन हुने धुलोको कारण पठन÷पाठनमा समस्या भएपछि धुदोरहित बनाउन सहयोगका लागि बेलायतबासी पूर्व विद्यार्थीलाई अनुरोध गरिएको थियो ।
यसैबीच २०५२\०५३ एस.एल.सी. विद्यार्थीले आफूलाई अध्यापन गराउने शिक्षकलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । तत्कालीन समयका ११ जना शिक्षकलाई दोसल्ला ओढाएर र हाल कार्यरत शिक्षक तथा कर्मचारीलाई खादा ओढाएर सम्मान गरेका हुन् ।
पूर्व विद्यार्थीले उक्त कार्यक्रममा कक्षा–२ मा अध्ययनरत ७६ वर्षीया वृद्धा जुरीमाया“ राईलाई समेत दोसल्ला ओढाएर सम्मान गरेको छ । बृद्धाबस्थामा पनि विद्यालय धाएर समाज तथा अन्य विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गरेको कदर स्वरुप सम्मान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित