नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ६–रक्तश्रावले सिकिस्त परेकी सुत्केरीको सरकारले उद्धार गरेको छ । शल्यक्रियाबाट बच्चा निकालिएपछि रक्तश्राव र उच्च रक्तचापले सिकिस्त बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २६ वर्षीया एलिना कार्की (श्रेष्ठ)को पुस ६ गते हेलिकोप्टरबाट उद्धार गरेको हो ।
जिल्ला अस्पताल दिक्तेलमा पुस ५ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । अत्यधिक रक्तश्राव हुनका साथै रक्तचाप समेत उच्च हुदै गएपछि काठमाडौँस्थित प्रसुतिगृह रेफर गरिएको जिल्ला अस्पताल खोटाङका चिकित्सक नारायण बरालले बताए । ‘शल्यक्रिया गरेर निकालिएको बच्चाको अवस्था राम्रो छ ।’ बराजलले भने–‘आमामा देखिएको समस्या ठिक नभएपछि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको हो ।’
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । जिल्ला अस्पताल दिक्तेलमा प्रसुतिगृह सञ्चालन भएपछि गर्भवतीको यही उपचार हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित