मुन्धुम् ट्रेल

  • प्रकाशित मितिः पुष ४, २०७६
  • 2142 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ४–‘मुन्धुम’ भन्ने वित्तिकै किराती मिथकमा आधारित छ । किराती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ मुन्धुम । किरातीहरुले मुन्धुम्लाई मौलिक ज्ञान मान्दछन् । यसको आधारमा जन्मदेखि मृत्युसम्मको क्रियाकलाप गर्ने गर्दछन् । यसैलाई आधार मानेर पदमार्गको रुपमा विकासित गरिएको हो । खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभालाई आधार बनाएर ‘मुन्धुम् ट्रेल’ पदमार्ग तय गरिएको छ । 
यो पदमार्ग विभिन्न किराती समुदायको बसोबास गर्ने ठाउ“हरुमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने भएकाले मुन्धुम टे«ल नाम राखिएको पर्यटन अभियान्ता रमेशकुमार राईले बताए । यो पदमार्ग किराती समुदायका लागि मात्र नभएर मुलुककै लागि महत्वपूर्ण भएकाले सरकारले एक सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा राखेको राईले सुनाए ।
हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउ“ने पर्यटकहरुका लागि डाडैडाडा“ थकानको महसुस समेत नहुने गरी हि“डिरहु“ लाग्ने अपेक्षा गरिएको राईले सुनाए । यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, च्रोयु लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट देखिदैन । यसका साथै तराईका भू–भागहरु समेत अवलोकन गर्न सकिने छ । 
ठूला घा“से मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाडा“हरुको शीर छिचोल्दै विभिन्न प्रजातिका गुरा“स, विविन्न जडीबुटीहरु तथा घना जङ्गलहरु अवलोकन गर्न पाइने छ । यो यात्रामा मैयुङको हा“सपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख रेडपाण्डा, लोपोन्मुख भीर माहुरी, लोपोन्मुख सालक, लोपोन्मुख कालोभालु लगायतका विभिन्न जङ्गली जनावरहरुसंग लुकामारी खेल्न पाइने छ । 
सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोगको राईको दाबी छ । मध्यपहाडी लोकमार्ग आसपास नै यो पदमार्ग भएकाले अझ सहज हुने राईको भनाई छ । ‘यो सायद विश्वकै ‘भर्जिन’ पदमार्ग हुन सक्छ ।’ राईले भने–‘यसले किराती समुदायको विकास लागि एउटा कोसेढुङ्गा सावित हुने छ ।’
यो पदयात्रामा किराती स्वादको परिकार पाइन्छ । फापर, कोदा तथा गहु“को रोटी, ढिडो, मकैको ठेप्ला, सिस्नुको तरकारी, जौको सातु, मकै–भटमास, कोदोको तीनपाने रक्सी, मांसहारीका लागि विभिन्न चौपायाको सुकुटी लगायतका परिकार पाइन्छन् । यसबाहेक कालिज तथा रैथाने कुखुराको मासु पनि अर्को तिख्खरीलो स्वाद लिन सकिन्छ । यसका साथै चौरीको दूध, घिउ पनि अर्को अनुपम खान्की पाइन्छ । त्यस्तै जटिबुटीयुक्त भीरमाहुरीको मह अर्को दुर्लभ स्वाद् पाइने राई सुनाउ“छन् ।
पहिलो दिन : काठमाडौंबाट करिब दुई सय २३ किलोमिटर पार गरेपछि हलेसी छिचोलिन्छ । हलेसी आइपुग्न करिब एक हजार रुपैया“ भाडा लाग्छ । मुन्धुम ट्रेलको दुई साताको यात्रामध्ये यो एउटा सुरुवाती चरण हो । कैलासबाट झरेको दूधकोसी नदी (जयरामघाट)मा स्नान गरेर विश्वप्रशिद्ध हलेसी आइन्छ । यसबाहेक लामीडाडा“ विमानस्थललाई पनि उपयोग गर्न सकिन्छ । काठमाडौंबाट करिब २५ मिनेटको आकाश यात्रापछि लामीडाडा“ विमानस्थल अपतरण हुन्छ । यसका लागि चार हजार दुई सय ३५ रूपैया“ भाडा लाग्छ ।  
जुन मार्ग आए पनि हलेसी क्षेत्र गुफैगुफाको संसार भएकाले भरपुर मनोरम गर्न सकिन्छ । त्यति मात्र होइन हिन्दू, बौद्ध र किराती संस्कृति सहित त्रिधार्मिक स्थलको रुपमा हलेसीलाई लिइन्छ । हलेसीमा बालचतुर्दशी, शिवरात्री, रामनवमी, तिज लगायतका पर्वहरुमा तीर्थालुको विशेष घुइचो लाग्छ । यहा“का महादेव, बसाहा, पञ्चवती, ककनी, भैरवथान, कालिकाथान, मुरधुम गुफा, मारतीका गुम्बा लगायत आकर्षणको केन्द्रविन्दु मानिन्छ । 
यहा“स्थित देवदेवताको पूजाआराधना गरे मनोकांक्षा पूरा हुने विश्वासमा तीर्थालुको ओइरो लाग्ने गरेको हो । हलेसी गैरीगुठका बाघबंशी राईले शिकार खेल्ने क्रममा महादेवगुफा पत्ता लगाएको बढापाकाहरुको भनाई छ । विक्रम सम्वत १८६१ सालमा गिर्वाणयुद्ध विक्रम शाहले हलेसीका मनोहर गिरीलाई ताम्रापत्रमा लेखी महन्त पूजारीको जिम्मेवारी दिएको पाइन्छ । यसबाहक गौतमबुद्धले यही गुफामा तपस्या गरेकाले विश्वका बुद्धमार्गीहरु समेत विद्या प्राप्तिका लागि आउने गरेका छन् ।
दोश्रो दिन : दिक्तेलको बासपछि पर्यापर्याटनको केन्द्रविन्दु रुपाकोटमा विभिन्न जैविक विविधता, जनवार लगायतको अवलोकन गर्न सकिन्छ । यसबाहेक मझुवागढी, भुलभुले, रुवालुङ झर्ना, वनझ्याक्री गुफा, बगरेभन्ज्याङको पेनटावर, साप्सुढाप लगायतमा मनोरन्जन लिदै तीन हजार दश मिटर अग्लो टेम्केडाडा“को फेद चखेवामा बास हुन्छ । 
तेश्रो दिन : विभिन्न हिमश्रृङ्खला, विभिन्न प्रजातिका गुरास दृष्यावलोकन गर्दै भोजपुर र खोटाङको केपिलासगढी गाउ“पालिकाको बीचमा पर्ने धोद्रे देउराली बास बसिन्छ । यहा“ लोकल खाना, लोकल ड्रिंक्स् लगायतको खाना पाइन्छ । बस्ने बासका लागि चाहि“ आफ्नै ट्रेन्ड उपयोग गर्नु पर्ने हुन्छ ।
चौथो दिन : भेडीगोठ, चौरी गोठ, विभिन्न हिमश्रृङ्खला लगायतका मनोरम दृष्यको अवलोकन गर्दै तीन हजार तीन सय ५० मिटर अग्लो मैयुडाडा“को हा“सपोखरीमा बास बसिन्छ । यहा“ चौरीको दूध, मही, दही, घिउ लगायतका स्थानीय खाना पाइन्छ । बासको लागि आफैले जोहो गर्नु पर्ने हुन्छ । 
पा“चौं दिन : मैयुडाडा“को हा“सपोखरीबाट हिडेको दिन खोटाङको केपिलासगढी गाउ“पालिकाको लौरेडाडा“ आसपासमा पर्ने रावाढापमा बास बसिन्छ । यहा“ लोपोन्मुख रेडपाण्डा, भीरमाहुरी अवलोकन गर्न सकिन्छ । जेठको दोश्रो साता भीरमाहुरी सिकार गर्न सकिन्छ । विभिन्न जडीबुटीबाट भीरमाहुरीले मह बनाउ“ने भएकाले स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यसबाहेक यसदिनका लागि स्थानीय खानपान गर्न सकिन्छ ।
छैटौ दिन : रावाढापबाट हिडेको दिन तीन हजार सात सय ५० मिटर अग्लो सालपा पोखरीको बेसक्याम्पमा बास हुन्छ । यहा“ सौचालय, पानी सहितको पाहुना घर भएकाले पर्यटकका लागि सहज हुन्छ । विभिन्न स्थानीय खानपान गर्न पाइने भएकाले सहज हुने भएको हो । 
सातौं दिन : सालपा बेसक्याम्पबाट बीस मिनेटमाथि सालपा पोखरी पुगिन्छ । सालपा एउटा महत्वपूर्ण देउधाम हो । सालपादेवीको पूजा आराधना गरे चिताएको पूरा हुने विश्वास गरिन्छ । युवायुवतीदेखि बृद्धसम्मले सालपाको भाकल गर्ने चलन छ । त्यो भन्दामाथि चार हजार एक सय ५५ मिटर अग्लो सिलिचुङडाडा“ पुगिन्छ । त्यहा“बाट रमणीय हिमश्रृङ्खला दृष्यावलोकन गर्न सकिन्छ ।  
आठौं दिन : सालपा बेसक्याम्पबाट हिडेको दिन केपिलासगढीको ह्याकुलेडाडा“मा बास बसिन्छ । त्यस दिन दिनभर मनोरम दृष्यावलोन गर्न सकिन्छ । 
नऔं दिन : मैयुडाडा“ हासपोखरीमै बास बसिन्छ । 
दशौं दिन : भोजपुरको सावागाउ“ तिम्माको मुन्धुम होमस्टे पुग्न सकिन्छ । 
एघारौ दिन : भोजपुरको टक्सार, भोजपुरबजार, सुन्तलेडाडा“ लगायतका रमणीय ठाउ“को अवलोकन गर्न सकिन्छ । 
बाह«ौ दिन : पदमार्गको चरण समाप्त हुने छ ।
यो पदयात्राको विकासका लागि टेम्केको चखेवान्ज्याङदेखि मैयुडाडा“सम्म र भोजपुरको सुन्तले हुदै पखुवाभन्ज्याङ हुदै मैयुडाडा“सम्म ट्रेल मर्मत सकिएको राईले बताए । यसबाहेक साइनेज, सूचनाबोर्ड र पाहुना घर समेत राखिएको छ । यो पदमार्गमा पर्ने मैयू, हासपोखरी र पखुवाभन्ज्याङमा बिश्रामस्थल बनाइएको छ । पर्यटन बोर्डको दश लाख रुपैया“ले साइनेज, सूचना पार्टी तथा विश्रामस्थल र  पर्यटन मन्त्रालयको ५० लाखबाट ट्रेल मर्मत र तीन कोठे पाहुना घर बनाइएको राईले सुनाए । यसबाहेक टेम्केमैयु गाउ“पालिकाको ५० लाख रुपैया“बाट आठ कोठे पाहुना घर तथा घेराबारा बनाइएको राईले जनाए । त्यस्तै सालपा सिलिचुङ गाउ“पालिकाको तीस लाखको बजेटबाट खानेपानी, सौचालय र दुई कोठे पाहुना घर निर्माण गरिएको राईको भनाई छ ।
यो ट्रेलको प्रचार प्रसार र पर्यटकहरुलाई आकर्षित गर्न पहाडी उच्च भागमा हुने साहसिक प्रतियोगिताहरु (अल्ट्रा म्याराथुन, स्काई रेस, माउण्टेन साइक्लिङ, हाइकिङ, माउन्टेन साइकिलिङ, घोडचढी, प्यारा ग्लाइडिङ) समेतको सम्भावना भएकाले यसले पनि योजना बनाइएको राईले बताए । यो क्रममा शाहसिक खेलको रुपमा भीरमाहुरी शिकार पनि एउटा महत्वपूर्ण पक्ष हो । मुन्धुम ट्रेलको विकासले समृद्धिको मेसो समात्न सहज हुने प्रदेशसभा सदस्य रामकुमार राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित