सविना अछामे-
खोटाङ, पुस ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–१ दिक्तेल बजारमा सवारी जोखिम बढेको छ । विद्यालय लाग्ने र छुट्ने समयमा विद्यार्थीहरु जथाभावी सडक ढाकेर हिड्ने तथा मनपरी पार्किङले सवारी जोखिम बढेको हो ।
दिक्तेलको अप्ठ्यारा तथा सागुरा सडकमा ठुला तथा साना माल बाहक गाडी पार्किङले झन सवारी दुर्घटनाको सम्भावना बढेको छ । यसका साथै जीप तथा बस पनि बजारमै भित्राइने र उक्त सवारी साधन यत्रतत्र बजार क्षेत्र भित्रै पार्किङ गरिनाले दुर्घटनाको जोखिम बढेको हो । बस तथा जीप पार्क भए पनि उक्त ठाउ“मा नराखी बजारमै पार्किङ गर्ने गरेका छन् । त्यस्तै बजारको सडकका विभिन्न ठाउ“मा निर्माण सामाग्री राखिएकाले सवारी जोखिम बढेको छ ।
स्थानीय सरकार तथा प्रहरी प्रशासन भने मुकदर्शक बनेको स्थानीयको गुनासो छ । सवारी जोखिम बढेपछि प्रहरी लगायत सम्बन्धित निकायमा अनुरोध गर्दा समेत बेवास्ता गरेको स्थानीयको भनाई छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने सम्बन्धित बसपार्क तथा जीपपार्कमा सवारी साधन राख्न पटक पटक अनुरोध गर्दा अटेर गरेको बताउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित