नमस्ते खोटाङ संवाददाता–
माटिकोरे (दिक्तेल), पुस ३–मेयरकप ब्याडमिन्टनको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । पुस ३ गते दिक्तेलको माटिकोरेस्थित कभर्ड हलमा सम्पन्न प्रदेश नं १ नगरपालिका स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधि चुमेको हो ।
उक्त उपाधि जीवन आचार्य र सुनिल जोशीले दिलाएका हुन् । उदयपुरको त्रियुगा नगरपालिकाका खेलाडी विष्णु कटवाल र विजित थापामगरलाई हराउ“दै आचार्य र जोशीले एक लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका हुन् । उपविजेता त्रियुगा नगरपालिकाका खेलाडी कटवाल र थापामगरले ८१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
सेमीफाइनलिष्ट धरान उपमहानगरपालिकाका खेलाडी सुजन श्रेष्ठ र प्रनिश ठकुरी सिंह र सङ्खुवासभा पा“चखपन नगरपालिकाका खेलाडी गौरव दाहाल र अनिश श्रेष्ठले ४१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ठ खेलाडीको रुपमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाका खेलाडी प्रियसु सिंह क्ष्ँेत्री र पेम्बा सेर्पा घोषित भए । उनीहरुले नगद दश हजार पाएका छन् ।
अर्का फरक क्षमताका सनिश्चरेका खेलाडी हेमबहादुर गुरुङलाई दश हजार नगदले सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ब्याडमिन्टन खेल आयोजना गरेको हो । पुस १ गतेदेखि सुरु उक्त खेलमा प्रदेश नं १ का ३४ टिम सहभागी थिए । पुरस्कार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतले प्रदान गरेको थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित