नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १–खोटाङको दिक्तेलमा नगरपालिका स्तरीय मेयरकप व्याडमिन्टन प्रतियोगिता मङ्गलबार सुरु भएको छ । पर्यटन प्रबद्र्धनको उद्देश्यले आयोजना गरिएको उक्त खेलमा प्रदेश नम्बर १ भित्रका नगरपालिकाहरुका ३४ टिम खेलाडी सहभागी छन् । खोटाङ लगायत उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, सुनसरी, मोरङलगायतका १० जिल्लाका खेलाडी सहभागी छन् । प्रतियोगितामा झापा, इलाम, पा“चथर र ताप्लेजुङका नगरपालिकाको भने सहभागिता छैनन् ।
दिक्तेलको माटिकोरेमा नौ वर्ष लगाएर निर्माण गरिएको कबर्डहलको नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उद्घाटन गरेका हुन् । आगामी पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम टिमलाई नगद एक लाख ५१ हजार, दोश्रो हुने टिमलाई ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१÷४१ हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित