फरार तीन हत्यारा पक्राउ

  • प्रकाशित मितिः मंसिर २९, २०७६
  • 2395 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर २९–एक युवालाई हत्या गरी फरार तीन जना पक्राउ परेका छन् । मङ्सिर २६ गते राती साडे आठ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ गैरी गुठका २७ वर्षीय रमेश राईको हत्या गरी फरार भएका तीन जनालाई प्रहरीले मङ्सिर २८ पक्राउ गरी मङ्सिर २९ गते सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न हलेसी तुवाचुङ नगरपालिका–९ तल्लो चिचिङ्गाका २७ वर्षीय भविन्द्र राई, २१ वर्षीय अशोक राई र २५ वर्षीय बलराम राई ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने घुर्मी आसपासबाट पक्राउ परेका हुन् । यीमध्ये भविन्द्र राई सशस्त्र प्रहरी बल हलेसी गुल्म मझुवागढीमा कार्यरत सिपाही हुन् । घटनाको दिनै घर विदामा गुल्मबाट निस्किएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका डिएस्पी भोला गिरीले बताए । उनीहरुलाई पक्राउपछि सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित