डुम्रेधारापानी दुर्घटना : घाइतेको पनि मृत्यु

  • प्रकाशित मितिः मंसिर २९, २०७६
  • 1702 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २९–डुम्रेधारापानी सवारी दुर्घटनामा घाइतेको समेत मृत्यु भएको छ । मङ्सिर २८ गते दिउसो रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुदा गाडी मालिक ४० वर्षीय रमेश अधिकारीको घटनास्थलमै र जीपका चालक सल्यान सारदा नगरपालिका–११ का २५ वर्षीय गाडी चालक रामबहादुर कुवरको राती ११ बजे मृत्यु भएको हो ।
कुवरको उपचारका लागि दिक्तेल अस्पताल ल्याउ“दा मृत्यु भएको हो । घटनाकै दिन सा“झसम्म हेलिकोप्टर मार्फत काठमाडौं लैजाने कोशिस गर्दा खराव मौसमका कारण असम्भव भएपछि दिक्तेल ल्याइएको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । मृतकमध्ये रमेशको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्र र कुवरको आफन्त आएपछि दिक्तेल अस्पतालमै गरिने डिएस्पी गौतमले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित